
बैंक लुट्न आउनुअघि आफ्ना लागि पैसा ठीक पारेर राख्न आदेश दिने दुई अमेरिकी युवक प्रहरीको फन्दामा परेका छन् । अमेरिकाको उत्तर-पूर्वी राज्य न्यू इंग्लाण्डमा अवस्थित कनेक्टिकटको फेयरफिल्डमा रहेको पिपुल्स युनाइटेड बैंकमा उनीहरूले फोन गरेका थिए ।
बैंकमा फोन गरेर दुइ युवाले आफूलाई पैसाको थैलो ठीक्क पारेर राख्न नत्र त्यहाँ रगतको होली खेलिने धम्की दिएका थिए ।
ती दुइ युवा बैंक पस्ने बित्तिकै प्रहरीले पक्राउ गरेको स्थानीय अखबारले जनाएको छ । नाम नखुलाइएका ती दुई युवाको उमेर क्रमशः २७ र १६ वर्ष रहेको प्रहरीले जनाएको छ । यी युवाले अब डकैतीको मुद्दा खेप्नुपर्ने भएको छ ।
बैंकलाई फोन गरेको १० मिनेटमा उनीहरु बैंक छिरेका थिए । बैंकको काउन्टरमा छिर्नुअघि नै बैंकको पार्किङमा क्षेत्रमा प्रहरीले पक्राउ गरेको सर्जेन्ट जेम्स पेरेजले बताए । यी दुवै चोरहरु चोर्नलाई पोख्न नभएको स्पष्ट देखिएको सर्जेन्टले प्रतिक्रिया दिए । उनले भने- यदि पोख्त हुँदा हुन् त भनेरै चोरी गर्ने थिएनन् ।










0 comments:
Post a Comment