शीतयुद्धको समाप्तिपछि अमेरिका र रूसले एक-अर्काको सूचना लिन प्रयोग गर्दै आएका जासुसहरूमध्ये एन्ना ग्ल्यामरस छविका भएका कारण पनि अहिले यो घटना चर्चाको विषय भएको हो । उनले आफ्नो जासुसी कथालाई १ लाख ६४ हजार पाउन्डमा बिक्री गर्ने घोषणा गरेकी थिइन् । त्यसबाहेक उनले प्लेब्वाई म्यागजिनका लागि पनि फोटोसुट गर्ने इच्छा राखेकी थिइन् । एन्नाको यस्तो मनसाय सार्वजनिक भएपछि उनका अमेरिकी वकिलमार्फत वयष्क चलचित्र निर्माण कम्पनी भिभिड इन्टरटेनमेन्टले आफ्नो आगामी चलचित्रमा नायिकाको भूमिका लागि प्रस्ताव राखेको छ ।
भिभिडको लसएन्जलस कार्यालयका अध्यक्ष स्टेभन हिस्क्रले आफ्नो कम्पनीको वरिष्ठ निर्देशकलाई वार्ताका लागि मस्को पठाउन तयार रहेको बताएका छन् । आफ्नो कम्पनीले चर्चित महिलाहरू पामेला एन्डरसन, किम कार्डासेन आदिको वयस्क चलचित्र बनाएका कारण एन्नाप्रति पनि चासो रहेको बताए । उनीहरूले एन्नालाई कति रकम दिने भन्ने कुरा अहिले नखुलाए पनि यसअघि एक महिलालाई वयष्क चलचित्रमा खेल्न १० लाख डलर दिने प्रस्ताव राखिएको थियो ।










0 comments:
Post a Comment