Translate

Friday

प्रणय दिवसका चुट्किलाहरू



प्रेमिकाः के तिमी मलाई साँच्चिकै माया गर्छौ ?

प्रेमीः हो भनेको, मैले हिजै आफ्ना प्रेमिकाहरूको लिस्ट हेरेर कन्र्फम गरेको ।

०००

राम र श्यामसँग कुरा गर्दै थिएँः

श्यामः मेरी प्रेमिका मलाई यति धेरै माया गर्छे तर आजसम्म ऊ मँसग बोलेकी छैन ।

श्यामः (अचम्म पर्दै) हँ, किन नबोलेको ?

रामः मेरी प्रेमिका बहिरा छ क्या !

०००

प्रेमीः बिहान खोइ कसको अनुहार देखिएछ, आज दिनभर एक सिता अन्न पनि पेटमा परेको छैन ।

प्रेमिकाः मैले भनेको मान्दैनौ, त्यो तिम्रो बेडरुममा भएको ऐना हटाइदेऊ, नत्र सधैं त्यस्तै होला ।    

०००

प्रेमिकाले प्रभावको छातीमा हात राख्दै भनीः तिम्रो दिल त पत्थरजस्तै कडा रहेछ ।

प्रेमीः (हाँस्दै)ः होइन डार्लिङ, तिम्रो हात मेरो गोजीमा भएको लाइटरमा छ ।

०००

प्रेमीः हैन, तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुबाले गाली गर्न हुन्न ?

प्रेमिकाः बुवाले त गर्नुहुन्न तर आमाले चाहिँ गाली गर्नुहुन्छ ।

प्रेमीः बुवाले चाहिँ केही नभन्ने अनि आमाले चाहिँ किन गाली गर्ने नि ?

प्रेमिकाः आमा आफ्नो लुगा अरूले लगाको मनै पराउनुहुन्न ।

०००

प्रेमीः मलाई पैसाको सख्त आवश्यकता छ ।

प्रेमिकाः किन ?

प्रेमीः मेरो बाबा बिरामी हुनुहुन्छ ।

प्रेमिकाः रुपैयाँको त मलाई पनि आवश्यकता छ ।

प्रेमीः किन, के भयो र ?

प्रेमिकाः के हुनु नि, तिमीलाई नै दिनलाई हो ।

०००

प्रेमीः प्रिय, म त्यस्ती युवतीसँग विवाह गर्न चाहन्छु जो सुन्दर, बुद्धिमान् तथा सीधा व्यवहार गर्ने खालकी होस् ।

प्रेमिकाः त्यो त ठीकै छ, तर हाम्रो कानुनले तीन जनासँग विवाह गर्न छुट दिएको छैन ।

०००

एक प्रेमिकाले आफ्नी साथीसँग भनिन्ः थाहा छ, मेरो प्रेमीले मलाई यो सहरको सबैभन्दा सुन्दर महिला भन्छ ।

सहज स्वरमा साथीले भनिन्ः हो, मलाई थाहा छ र यो पनि थाहा छ कि उसको आँखा धेरै कमजोर छ ।   

०००

प्रेमिकाः कति नराम्रो कुरा तिमी मेरो पिटाइपछि पनि हाँसिरहेका छौ ।

प्रेमीः तिमीले नै भनेकी थियौ, खतराको सामना हाँसी-हाँसी गर्नुपर्छ ।

०००

प्रेमिकाः म तिमी विना बाँच्न सक्दिनँ । तिमी मसँग कहिले विवाह गर्छौ ?

प्रेमीः प्रिय, म तिमीसँग अवश्य विवाह गर्छु तर पहिले मैले आफ्नो परिवारसँग सोध्नुपर्छ ।

प्रेमिकाः के तिम्रा बुबा-आमाले मान्नुहुन्छ त ?

प्रेमीः किन नमान्नु ? मेरा बुवा-आमाले मेरो निजी जीवनमा चासो राख्नुहुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !   

०००

प्रेमिकाः तिमी विवाहपछि चुरोट पिउन छोड्छौ ?

प्रेमीः किन नछोड्नु ? अवश्य छोड्छु ।

प्रेमिकाः रक्सी र तास नि !

प्रेमीः त्यो पनि छोड्छु ।

प्रेमिकाः विवाहअघि चाहिँ के-के छोड्ने विचार गरेका छौ नि ?

प्रेमीः तिमीलाई !   

०००

प्रेमी-प्रेमिका कोठामा बसिरहेका बेला प्रेमीले अकस्मात बत्ती निभाए ।

प्रेमिकाः तिमीले के गरेको यो ? बत्ती बाल, मलाई डर लाग्छ ।

प्रेमीः नडराऊ प्रिय, म छँदै छु नि ।

प्रेमिकाः तिमी भएर त डराएको नि ।

०००

एउटा बगैंचामा प्रेमी-प्रेमिका कुरा गर्दै थिए ।

प्रेमिकाः रोहन, के तिमी मलाई विवाहपछि पनि यत्तिकै माया गर्छौ ?

प्रेमीः गर्छु नि, मलाई विवाह गरेका महिला पहिलेदेखि नै मन पर्छन् ।

०००

एउटा लामखुट्टे र कमिला एक-अर्कालाई खुब प्रेम गर्थे । यो कुरा कमिलाको बाबुले चाल पाएछ । त्यसैले उसले कमिलाको विवाह हात्तीसँग गरिदिएछ । एक वर्षपछि हात्ती र  कमिला बजार गएका थिए । बजारमा कमिलाको भेट पूर्वप्रेमी लामखुट्टेसँग भएछ । हात्ती एकातिर गएको मौका पारी लामखुट्टेले कमिलासँग आफूसित भाग्ने प्रस्ताव राख्यो ।  कमिलाले निराश हुदै भन्यो- नाइँ, अब म तिमीसँग जान्नँ । मेरो पेटमा हात्तीको बच्चा छ ।

०००

एउटा मानिसले आफ्नो प्रेमिकालाई ओठमै किस गरिदिएछ ।

प्रेमिकाः तिमीले मलाई विवाहअघि नै किस गरेको......?

प्रेमीः म त विवाहित नै हो नि प्रिये ।

०००

प्रेमीः तिमीलाई कसरी फोन गरूँ त म ?

प्रेमिकाः किन नि ?

प्रेमीः तिम्रो बुबाले फोन उठाए भने !

प्रेमिकाः डराउनु पर्दैन । मेरो बुबाले फोन उठाउनुभयो भने योगेश बोलेको भन, उहाँले बोलाइदिनुहुन्छ ।

प्रेमीः योगेश ! ऊ को नि ?

प्रेमिकाः ऊ मेरो हुनेवाला श्रीमान् हो । त्यसैले बुबाले सजिलै फोन दिनुहुन्छ ।

०००

प्रेमीः मैले निश्चय गरें कि म पच्चीस पुगेपछि विवाह गर्छु ।

प्रेमिकाः मैले पनि निश्चय गरें कि जबसम्म मेरो विवाह हुँदैन, तबसम्म म पनि पच्चीस वर्षकै रहन्छु ।

०००

विदेशमा भएको लाहुरे आफ्नी प्रेमिकाले छोडपत्र पठाएको र भएको फोटो फिर्ता गर्न भनी चिठी लेखेकोमा दुःखी र निराश थियो, तर केटा पनि के कम ? उसले भए  भरको सबै फोटो जम्मा गर्‍यो र लेख्योः मायालु प्रिय, मैले तिमी कुनचाहिँ हो भनेर चिन्न सकिनँ.... त्यसैले कृपया तिम्रो फोटो राख र अरू चाहिँ फिर्ता गरिदेऊ ।

०००

सयुज र सन्दीप वसन्तपुर घुम्दै थिए । त्यही बेला सन्दीप एकोहोरिएर कतै हेरिरहेको थियो ।

सयुजः दाइ, के हेरेको त्यसरी ?

सन्दीपः -दरबारको दलिनमा प्रेममा मग्न परेवाको जोडी देखाउँदै) हे भगवान्, तिनीहरूले जस्तो गरी माया गर्न पाए कस्तो हुन्थ्यो होला ?

सयुजः (झर्किंदै) तपाईंका घरमा नि परेवा छन् , गएर गर्नु नि त माया....!    ०००

कक्षामा एक दिन शिक्षकले विद्यार्थीहरूलाई आफ्ना प्रेमी-प्रेमिकाको नाम लेख्न लगाएछन् । एक छात्रबाहेक सबैले दुई सेकेन्डमै नाम लेखेर बुझाए तर एउटा विद्यार्थीले दस  मिनेटपछि उठेर भन्योः सर ! थप कपी ।

०००

प्रेमी-प्रेमिका होटलमा बसेर खाना खाइरहेका थिए ।

प्रेमिकाः आज एउटा सायरी सुनाऊ न, कान पवित्र हुने थियो कि ?

प्रेमीः तिमीलाई भेट्न आएथें म त, तिम्रो बाबुको कत्रो सान, ढोकाभित्र पस्नै नपाइ लेखेको रहेछ— कुकुरदेखि सावधान ।

०००

प्रेमीः आजकाल म साहित्यसेवा गरिरहेको छु ।

प्रेमिकाः -खुसी हुँदै) किताबै लेख्न थाल्यौ कि क्या हो ?

प्रेमीः होइन, सहित्य प्रकाशन केन्द्रमा पुस्तकमा गम टाँस्ने काम गर्छु ।

०००

प्रेमीः सरिता

प्रेमिकाः हजुर

प्रेमीः आज म एउटा कुरा सोधौँ ?

प्रेमिकाः सोध न ।

प्रेमीः के साँच्चै तिम्रो जीवनमा आएको म नै पहिलो पुरुष हुँ ?

प्रेमिकाः हो नि । म पनि एउटा कुरो सोधौँ ?

प्रेमीः सोध न ।

प्रेमिकाः किन सबै जना मसँग यही प्रश्न सोध्छन् डार्लिङ ?

०००

एक प्रेमी आफ्नी प्रेमिकाको पिताकहाँ गयो र भन्यो— म तपाईंकी छोरीको हात माग्न आएको ।

प्रेमिकाको बुबा— सिर्फ हात पाइँदैन । माग्नु छ भने पूरै छोरी माग ।    

०००

प्रेमीः तिम्रा आँखा साह्रै नशालु छन् ?

प्रेमिकाः किन नहुनु त ? मेरो ड्याडी नामुद जँड्याहा हुनुहुन्छ ।

०००

एउटी सुन्दर महिला मनोचिकित्सक कहाँ पुगेर ।

महिलाः डाक्टरसा'प, मेरो एक जना केटासँग प्रेम भयो । उसलाई म ज्यादै मन पराउँछु । उसले पनि मलाई मन पराउँछ । हामी विवाह गर्न चाहन्छौं । हाम्रो यो कुरामा  मेरो डेडी-ममी पनि खुसी हुनुहुन्छ ।

डाक्टरः सबै ठीकै रहेछ, बिहे गरे भैगयो नि ? मैले सल्लाह नै दिनुपर्ने कुरा नै के छ र ?

सुन्दर महिलाः तर म आफ्नो लोग्नेलाई यो कुरा कसरी भनौं ?

०००

प्रेमीः भन मात्र प्रिय, तिम्रो लागि आकाशको जून-तारा झारिदिन्छु ।

प्रेमिकाः आकाशको जून-तारा होइन, मात्र तिम्रो सबै दाँत झारेर मलाई दिए पुग्छ ।

प्रेमीः -आश्चर्य मान्दै) मेरा सबै दाँत झारेर तिमीलाई दिएँ भने म त बूढोजस्तो देखिइन्छु नि ।

प्रेमिकाः त्यसो भए अरू युवतीले तिमीप्रति आँखा लगाउन पाउँदैनन् नि !

०००

पति-पत्नी प्रेमपूर्ण गफ गरिरहेका थिए ।

पतिः भगवान्ले कानमा नपरोस्, तर पनि यदि मेरो देहान्त भए तिमी कोसँग बस्छौ ?

पत्नीः -रातो र रसिलो अनुहार पार्दै) आफ्नै बहिनीसँग बस्नुपर्ला ? अनि मलाई केही भैहालेमा तपाईं कोसँग बस्नुहुन्छ नि ?

पतिः -गम्भीर हुँदै) मेरो पनि आफ्नो भन्नु अरू को नै छ र ! तिम्रै बहिनीसँग बस्नुपर्ला नि !

०००

प्रेमीः कति महँगी बढेको । बीस रुपैयाँको त केही पनि आउँदैन डार्लिङ ।

प्रेमिकाः किन आउँदैन, दुईवटा दसको नोट त आउँछ नि ।

०००

प्रेमीः प्रिय, म तिम्रो आँखामा सधैंका लागि डुब्न चाहन्छु ।

प्रेमिकाः मेरो आँखालाई तिमीले स्वीमिङ पुल भन्ठानेको ?

०००

प्रेमीः आज म हाम्रो विवाहको कुरा गर्न तिम्रो घरमा आउँछु है ?

प्रेमिकाः तिमीले ठीक समयमा फोन गर्‍यौ । आज बुबाले जुत्ता फुकालेर पलङ मुनि राख्नुभएको छ । छिट्टै आऊ है !

०००

किन भाइ, आज एकदमै उदास भएर बसेको छस् नि ?

मेरी प्रेमिकाले मसँग शीघ्र विवाह गर्ने प्रस्ताव राखी ।

यसमा चिन्ता गर्ने के कुरा छ ?

चिन्ताको त कुरा छ । अब मैले प्रेम कोसँग गर्ने ?

०००

प्रेमिकाः तिमी त भन्थ्यौ, ब्युटी क्लिनिकमा तिम्रो जागिर भयो भनेर । तिमी यहाँ बाहिर उभिएर के गरिरहका छौ ?

प्रेमीः यहाँ बाहिर उभिनु, भित्र पस्ने नारीको रक्षा गर्नु र जब श्रृंगार गराएर बाहिर निस्कन्छन् तब सिटी बजाउनु यही त हो मेरो जागिर ।

०००

प्रेमीः अब म तिमीलाई कसरी भनौं कि दुनियाँमा त्यस्तो केही छैन, जुन म तिमीलाई पाउनका लागि गर्न नसकौं । तिम्रा लागि म पर्वत नाघ्न सक्छु, समुद्र तर्न सक्छु ।

प्रेमिकाः म पनि तिमीलाई धेरै चाहन्छु प्रिय ! अब कहिले भेट्ने ?

प्रेमीः यदि पानी परेन भने शनिबार यही समयमा यहीँ ।

०००

पत्नी पतिसँग कार चलाउन सिक्दै थिई, उसले पतिलाई भनीः यो सामुन्नेको सिसा ठीकसँग लगाइएको छैन ।

किन, के गडबडी छ ? -पतिले सोध्यो ।

यसमा म पछाडिबाट आएको कार देख्छु, तर आफ्नो अनुहार त बिल्कुलै देख्दिनँ ।

०००

एक पुलिसको घरमा चोर आएछ । पुलिसकी स्वास्नीले पुलिसलाई उठाउन खोजी । पुलिस रिसाउँदै भनेछः सुत्न देऊ, म अहिले ड्युटीमा छैन ।

०००

एउटा मान्छे गाडी कुदाइरहेको थियो । उसकी श्रीमतीले फोन गरेर आत्तिँदै भनीः विचार गरेर गाडी कुदाऊ । मैले भर्खरै रेडियोमा सुनेको एउटा बहुला मान्छेले गलत  रूटमा गाडी कुदाइरहेको छ ।

श्रीमान्ः मलाई थाहा छ, तर यहाँ एउटा मात्र होइन, सैयौं मानिसले गलत रुटमा कुदाइरहेका छन् ।

०००

पत्नीः सुन्नु त, छोरा किन रोएको ?

पतिः ऊ भन्दै छ— गधामाथि चढ्छ रे ।

पत्नीः किन रुवाइरहेको त, आफ्नो जीउमा चढाउनु न ।

०००

डाक्टरः बिरामीलाई सल्लाह दिंदै, तपाईं आफ्नो ब्लड प्रेसर सामान्य बनाउन चाहनुहुन्छ भने तनावमा बस्दै नबस्नुस् ।

बिरामीः यदि त्यसो हो भने म आजै मेरी श्रीमतीलाई माइत पठाइदिन्छु ।

०००

श्रीमतीः म अब यो घरमा एक मिनेट पनि बस्न सक्दिनँ ।

श्रीमान्ः त्यसो भए के गछर्यौ त ?

श्रीमतीः म माइती जान्छु, अब म तिमीलाई पारपाचुके दिन्छु ।

श्रीमान्ः यस्ता राम्रा-राम्रा कुरा गरेर तिमी मलाई कहिल्यै मूर्ख बनाउन सक्दिनौ ।

०००

रामुको घरमा फोनको घण्टी बज्यो, उसले श्रीमतीलाई घरमा छैन भनिदे भनेर फोन उठाउन लगायो, श्रीमतीले फोन उठाएर भनीः ऊ घरमै छ ।

रामु -रिसाउँदै)ः मैले घरमा छैन भन भनेको होइन ? किन छ भन्यौ ?

श्रीमतीः होइन, त्यो मेरै फोन थियो ।

०००

एक दिन लोग्ने-स्वास्नीबीच को राम्रो भनेर झगडा परेछ । झगडा टुङ्ग्याउन उनीहरूले आफ्नो छोरासँग सोधेछन्ः भन त बाबु, हामी दुई जनामा को राम्रो ?

छोराः -जङ्गिँदै) तपाईंहरू दुई जना राम्रो भएको भए म यस्तो हुन्थें...?

०००

पहिलोः भरे के गर्दैछौ नि ?

दोस्रोः घर पुग्नासाथ आफ्नो लुगा धुनु छ, श्रीमती माइतीमा छे । अनि तिम्रो नि ?

पहिलोः मेरो त घर पुग्नासाथ सालीको कट्टु फुकाल्नु छ ।

दोस्रोः हँ, किन ?

पहिलोः मैले आज बिहान हतारमा सालीको कट्टु लगाएर आएछु ।

०००

दुःखका साथ भन्नुपरिरहेको छ कि तपाईंकी श्रीमती तपाईंको ड्राइभरसँग भागी ।

मनिसः केही छैन, म आफैं गाडी चलाउन सक्छु ।

०००

एक भलाद्मीकी श्रीमती एकाएक कतै गायब भइन् ।

हामीले सुन्यौं, तपाईंकी पत्नी कतै गायब भइन रेः कसैले सोध्यो ।

हो, तपाईंले ठीक सुन्नुभयोः उतर मिल्यो । पुलिसमा रिपोर्ट गर्नुभयो ?

छैन । किन ?

अघिल्लोपटक मेरी श्रीमती गायब भएकी थिई, मैले पुलिसमा रिपोर्ट लेखाएकी थिएँ । त्यतिबेला धेरै गडबड भयो ।

कस्तो गडबड ?

पुलिसले उसलाई खोजेर ल्याइदियो ।

०००

दिपेशः कसरी घरमा बसी-बसी शरीरभरि चोट लाग्यो ? विराटः खै यार, कसरी भन्ने ? त्यत्तिकै लाग्यो ।  दिपेशः कतिचोटि भनिसके, अरूसँग झगडा नगर... हेर, कुटेर  तिम्रो कस्तो हालत बनाएका... तिमीलाई कुट्नेको त हातमा कीरा परोस् । विराटः बस बस, म आफ्नी श्रीमतीका बारेमा योभन्दा धेरै नराम्रो सुन्न सक्दिनँ ।

sapthahik

0 comments:

Post a Comment