पूर्व मिस नेपाल जेनिसा मोक्तान पनि विवाहयोग्य छिन् । अघिल्लो वर्षकी यी मिस नेपालले अभिनय तथा मोडलिङमा पनि नाम कमाएकी छिन् । सायद उनी अझै केही वर्ष ग्ल्यामर क्षेत्रमै रमाउन चाहन्छिन् ।
केकी अधिकारी
दर्जनौं म्युजिक भिडियामा अभिनय गर्दै चलचित्र नायिका बन्ने कलाकार हुन् केकी अधिकारी । 'अहिले त बेलै भएको छैन नि, केकी भन्छिन्— 'अहिले त पढाइ र करियरमै  केन्द्रित हुने बेला हो ।' स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत केकी विवाहका बारेमा अहिले नै निर्णय नगर्ने बताउँछिन् ।नन्दिता केसी
नन्दिता केसी राम्रो अभिनय गर्ने सुन्दर नायिका हुन् । उनी चलचित्रमा मात्र होइन, म्युजिक भिडियोमा पनि उत्तिकै मेहनत गर्छिन् । नन्दिता अझै पनि आफूलाई विवाह  गर्न योग्य नभएको मान्छिन् । 'विवाहका सम्बन्धमा म अझै कच्चा छु,' नन्दिता भन्छिन्— 'मेरो विवाह गर्ने उमेर पनि भएको छैन ।' दीपाश्री निरौला
धेरैले यिनलाई हास्यकलाकार दीपकराज गिरीकी श्रीमतीका रुपमा चिन्छन्, किनभने तीतो सत्यमा उनीहरू त्यस्तै भूमिकामा प्रस्तुत भैरहेका छन् । लामो समयदेखि उक्त  श्रृंखलामा श्रीमान्-श्रीमतीका रूपमा भूमिका निर्वाह गरेकाले पनि दीपाश्रीलाई अधिकांशले विवाहित मान्छन् । वास्तविकता त्यो होइन, दीपाश्री अविवाहित छिन् तर कहिले  विवाहित हुन्छिन् उनी आफैंलाई थाहा छैन । निशा अधिकारी
एउटा सौन्दर्य प्रतियोगितामा विजयी भएपछि ग्ल्यामरस क्षेत्रमा प्रवेश गरेकी निशा अधिकारी मोडल, भिजे हुँदै नायिका समेत बनिन् । नायिकाका रूपमा सफलता हासिल  गर्दा गर्दै उनी अध्ययनका लागि अमेरिका प्रस्थान गरेकी छिन् । हालसम्म अविवाहित निशा अमेरिकाबाट फर्किएपछि पुनः चलचित्र क्षेत्रमै व्यस्त हुने बताइन्छ । रेजिना उप्रेती
थुप्रै चलचित्रमा अभिनय गरेर स्थापित भएकी नायिका रेजिना उप्रेती विवाह गर्न योग्य भैसकेकी छिन्, तर त्यसका लागि तयारचाहिं छैनन् । 'अझै धेरै काम गर्नु छ,  विवाहको प्रसंग आउनेबित्तिकै रेजिना भन्छिन्— 'बल्ल त राम्रा  चलचित्रमा काम गर्ने मौका पाउँदैछु । अहिले नै विवाह गरेर बन्दै गएको करियर किन बिगार्नु ?'माल्भिका सुब्बा
माल्भिका सुब्बाले मिस नेपालको मुकुट पहिरिएको नौ वर्ष बितिसकेको छ । यो अवधिमा उनलाई सबैभन्दा सक्षम मिस नेपालका रूपमा पनि चिनाइयो । केही व्यक्तित्वसँग  उनको नाम नजोडिएको पनि होइन । बोल्ड पर्सनालिटीका कारण उनलाई मन पराउनेहरू पनि प्रशस्तै छन् । यद्यपि उनलाई कस्तो व्यक्ति मनपर्छ अथवा उनले कसलाई  जीवन साथी बनाउने हुन्, प्रतीक्षाकै विषय हो ।कोमल वली
'पोइल जान पाम शिव...' भन्दै गीतमार्फत नै भागी विवाहको वकालत गर्ने गायिका तथा सञ्चारकर्मी कोमल वली हालसम्म अविवाहित नै छिन् । तीजका गीतमार्फत  विवाह गर्न/हुन नपाएको गुनासो गरिरहेकी यी गायिकाको विवाहको प्रतीक्षा धेरैलाई छ । उनले कोसँग विवाह गर्लिन् भनेर चर्चा गर्नेहरू पनि प्रशस्तै छन् । ऋचा शर्मा
यसै वर्ष प्रदर्शनमा आएको फस्ट लभसहित अन्य केही चलचित्रबाट नायिकाका रूपमा स्थापित हुने एउटा नयाँ अनुहार हो ऋचा शर्मा । म्युजिक भिडियोकी मोडल तथा टे लिभिजन कार्यक्रमकी भिजेका रूपमा उनको अनुहार विगत केही वर्षदेखि नै परिचित छ । चलचित्रमा भने उनी भर्खरै प्रवेश गरेकी छिन् । अग्ली, राम्री, जीउडाल मिलेकी  यी नायिकाले कसलाई जीवन साथी बनाउने हुन्, प्रतीक्षाकै विषय बनेको छ । निरुता सिंह
पछिल्लो समयमा काठमाडौं तथा मुम्बई आउजाउ गरिरहने नायिका निरुता सिंहले केही समयको विश्रामपछि यसै वर्ष एउटा नयाँ नेपाली चलचित्रमा अभिनय गरिन् । दर्जनौं चलचित्रमा विवाहित महिलाको भूमिका निर्वाह गरिसकेकी निरुता वास्तविक जीवनमा चाहिं कहिले दुलही बन्ने हुन् यसै भन्न सकिँदैन । श्वेता खड्का
चलचित्र 'कहाँ भेटिएला' बाट अभिनय यात्रा प्रारम्भ गर्दै मह जोडीको एउटा चलचित्रमा समेत काम गर्न भ्याएकी श्वेता विवाहका लागि योग्य मानिएकी नायिका हुन् ।  श्रीकृष्ण श्रेष्ठसँग आफ्नो नाम जोडिन थालेपछि श्वेतालाई एक प्रकारको तनावसमेत भैरहेको हुनुपर्छ । विवाहका बारेमा उनी के गरौं, के गरौं को स्थितिमा रहेको अनुमान  गर्न गार्हो पर्दैन । युना उप्रेती
चलचित्र 'पर्खि बसेँ' बाट नायिका बनेकी युना उप्रेतीले झन्डै एक दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन् । चलचित्रमा काम गरेर बचेको समय म्युजिक भिडियोलाई  समेत दिने युना अझै केही वर्ष विवाह नगर्ने मुडमा छिन् । 'अझै धेरै काम गर्न बाँकी छ, युना भन्छिन्— 'चलचित्रमा जमेपछि मात्र विवाह गर्ने योजना छ ।'sapthahik










0 comments:
Post a Comment