Translate

Friday

आमाकै अघि प्रियङ्काको किस

 http://www.onlinekhabar.com/wp-content/uploads/2011/02/priyanka-chopra-and-shahid-kapoor.jpg
भारतीय नायीका प्रियङ्का चोपडा र नायक शाहिद कपुरको सम्बन्ध अहिले निकै तातिदै गएको छ । उनीहरुबीच बढ्दो हेलमेलले धेरैको ध्यान खिचेको छ । यसको लागि पि्रयङकाकोघरमा रेड हान्ने भन्सार अधिकृतहरुलाई धन्यवाद दिनैपर्छ । गत हप्ता गरिएको रेडमा भन्सार अधिकृतहरुले प्रियङ्का र कट्रिनाको घरबाट आम्दानी कर छलिएको क्रमशः ६ करोड र १० करोड फेला पारेका थिए ।
कानुन उल्लंघनपछि चिन्तित बनेकी प्रियङ्कालाई शाहिदको न्यानो साथले ठूलो भरोसा दिएको छ । समस्याको भूमरीमा फसेकी प्रियङ्कालाई अरु के चाहिन्थ्यो र ! भावनामा बहकिएकी प्रियङ्काले अरुको वास्ता गरिनन नै, आफ्नो आमासामु रोमान्टिक किस दिइन् । शाहिद पनि खुब दङ्ग छन् अहिले । नहुन पनि किन ? करिनाको साथ गुमाएपछि एक्लिएका शाहिदलाई पि्रयङकाको साथले पुराना याद विर्साइदिएको छ ।
शाहिदलाई अहिले आफ्नो ब्यस्त समयको परवाह छैन । उनको दिनको चैन र रातको निद्रा प्रियङ्काले खोसेकी छिन् । प्रियङ्कालाई कर समस्याबाट छुटकारा दिन शाहिद हरतरहको प्रयास गरिरहेका छन् । छोटो समयमै सम्बन्ध गासिने र टुट्ने भारतीय सिने संसारमा शाहिद र प्रियङ्काको जोडी कति समय टिक्ने हो, त्यो भने हेर्न अझै बाकि छ ।

online khabar

0 comments:

Post a Comment