Translate

Friday

सलमानका लागि मिस यूनिवर्स रोसेटे


बलिउड अभिनेता सलमान खानले डेविड धवनको आगामी चलचित्र पार्टनर-२ मा मिस यूनिवर्स २०१० जिमेना नवराते रोसेटेसंग देखिने भएका छन्। यस चलचित्रका लागि उनलाई सलमान खानको नायिकाको रूपमा प्रस्ताव पठाएको छ। उनले यस प्रस्ताव स्विकारेमा उनी चलचित्र पार्टनर-२ मा सलमानको नायिकाको रूपमा देख्न पाइन्छ। मेक्सिकन मोडल जिमेनाले यस प्रस्तावका बारेमा बिचार गरिरहेको बताएकी छिन्। उनी अमेरिकी फैशन डिजायनर संजना जनको ‘गर्ल चाइल्ड’ मा भाग लिन भारतमा आएकी थिइन। खबरका अनुसार डिजायनर संजना जनलाई नै यस चलचित्रका लागि जिमेनाको ड्रेस डिजाइन गर्न लगाउने भएकोले उनले यस चलचित्रमा अभिनय गर्ने लगभग पक्का पक्की भएको छ। उनले हाल हिंदी गानामा नृत्य गर्न सिकिरहेकी छिन्।

online

0 comments:

Post a Comment