Translate

Friday

झिलिमिली लसभेगास



विश्वको मनोरन्जनको राजधानी मानिने अमेरिकाको नेभाडा राज्यमा पर्ने लसभेगासमा शहरमा म गत हप्ता पुगेको थिए । क्यासिनो (जुवा) सपिंग र प्रसिद्व होटलहरुको कारण विश्व मै चर्चित यो शहरलाई “सिन सिटी” को उपनामले पनि चिनिन्छ । वरिपरि पहाडहरुले घेरिएको सुख्खा मरुभुमीको उपत्यकामा अवस्थित यस शहरको झकिभकाउ हेर्दा मानिसहरुले प्रकृतिमाथि गरेको विजयको अनुपम उदाहरण लाग्छ । विश्वमा आएको आर्थिक मन्दीको कारण यस शहरमा जुवाको व्यवसाय खस्के पनि अहिले यो शहर विश्वमा प्रख्यात एक्पो कन्भेन्सन विभिन्न सुन्दरी प्रतियोगिताहरु आयोजना गर्ने केन्द्रको रुपमा विकसित भएको छ । भर्खरै मात्र यहाँ नयाँ प्रविधी सम्वन्धी विश्वको ठुलो प्रर्दशनी ‘इन्टरनेशनल कन्ज्युमर इलेक्टोनिक एक्पो’ र सुन्दरी प्रतियोगीता ‘मिस अमेरिका’ आयोजना भएको थियो । देख्दा यति झकिझकाउ लाग्ने यो शहरको अर्को दुखद पाटो पनि छ । यो शहरको आत्माहत्या र सम्वन्ध विच्छेदको दर अमेरिकाको सबैभन्दा उच्च मानिन्छ । सबै फोटो हेर्ने भित्र आउनु होला ।

Stratosphere Hotel को टाउरबाट हेर्दा

Stratosphere Hotel को टाउरबाट हेर्दा

Hotel Paris अगाडी पानीको फोहोरा

Hotel Paris अगाडी पानीको फोहोरा (यस होटलमा आइफल टाउरको प्रतिमूर्ति बनाइएको छ)

एउटा सपिंग कम्प्लेक्स

एउटा सपिंग कम्प्लेक्स

Bellagio Hotel

Hotel New York (यस होटलमा न्यूयोर्कको Manhattan प्रतिमूर्ति बनाइएको छ

Excalibur Hotel

The Venetian Resort Hotel यस होटलमा भित्र Venice, Italy को प्रतिमूर्ति बनाइएको छ, तलका तस्बीरहरु यो होटल भित्रका हुन

The Venetian Resort Hotel होटल भित्र

The Venetian Resort Hotel होटल भित्र

The Venetian Resort Hotel होटल भित्र

-उत्तमबाबु श्रेष्ठ-

0 comments:

Post a Comment