जोमसोम। राष्ट्रको शान्ति, सम्वृद्धि र स्थयित्वका लागि नेपाल पर्यटन वर्ष २०११ को भव्य समारोहकाबीच शुभारम्भ भइरहँदा प्रशस्त पर्यटकीय सम्भावना बोकेको मुस्ताङ जिल्ला भने सुनसान थियो ।
अत्यन्त चिसोका कारण मुस्ताङ भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको कुनै चहलपहल नहुँदा स्थानीयवासीमा पर्यटन वर्षको थालनीले कुनै रौनकता ल्याउन सकेको थिएन ।
मुख्य सिजनमा दैनिक २०/२५ वटा हवाई उडान हुने जोमसोममा पर्यटन वर्ष शुभारम्भको दिन दुईवटा उडान मात्र भएको थियो, जसमा ६/७ जना मात्र विदेशी पर्यटक थिए । यतिबेला यहाँका उडानहरु जाडो छल्न मुस्ताङ बाहिर जाने कर्मचारी र स्थानीयवासीले भरिने गरेका छन् ।
विमानस्थलमा पर्यटकहरुको ठूलै समूहको अपेक्षा लिएर स्वागतार्थ उपस्थित स्थानीयवासी र सरकारी निकायका पदाधिकारीहरु अति थोरै पर्यटक आगमनका कारण उत्साहित हुन सकेनन् ।
पर्यटन वर्षमा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिइरहँदा पर्यटकहरुको एक मुख्य गन्तव्यस्थल मुस्ताङमा आउने पर्यटकका लागि थप नयाँ ‘प्याकेज’ तयार भएको छैन । कतिपय व्यवसायीहरु पर्यटन वर्षका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको बताउँछन् ।
अन्नपूर्ण पदयात्रा मार्गको मुख्य स्थानहरुमा पर्यटकका सुविधाका लागि पूर्वाधार, प्रचारप्रसार तथा नयाँ गन्तव्यस्थलहरुको पहिचानतर्फ ध्यान जान सकेको छैन ।
हिमालपारिको यस जिल्ला पर्वतारोहण, साहसिक पर्यटन, धार्मिक, सांस्कृतिक पर्यटनका साथै कृषि पर्यटन, खेल पर्यटन र पर्यापर्यटनको दृष्टिले देशकै प्रशस्त सम्भावना रहेको जिल्ला भएर पनि यसको बजारीकरण हुन नसक्दा ठूलो सङ्ख्यामा पर्यटकलाई आकर्षित गर्न सकिएको छैन ।
प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र धार्मिक विशिष्ठताले धनी भएर पनि त्यसलाई पर्यटकीय क्रियाकलापमा जोड्न नसक्दा यहाँ आउने पर्यटकहरुको बसाइअवधि लम्ब्याउन नसकेको स्थानीय पर्यटन व्यवसायीहरु स्वीकार्छन् ।
यहाँका दामोदर कुण्ड, ढुम्वा ताल, टिटी ताल, सेकोङ तालजस्ता थुप्रै ताल तथा कुण्डहरु पर्यटकको पहुँचभन्दा टाढा छन् । धौलागिरी -८,१६७ मि), निलगिरी -७०६० मि), तिलिचो पिक -७१३९ मि) देखि याककावा पिक, धम्पुस पिक, टुकुचे पिक, दामोदर हिमाल आदिमध्ये कतिपय चुचुराहरु पर्वतारोहणका लागि बन्देज लगाइएको छ ।
हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु मुक्तिनाथ मन्दिर भासिन सक्छ भनी भूगर्भविद्हरुले धेरै वर्षअघिदेखि आवाज उठाए पनि त्यसको संरक्षणतर्फ हालसम्म कुनै ठोस प्रयास भएको पाइँदैन ।
गुम्बैगुम्बाको जिल्लाको रुपमा चिनिने यहाँ सानाठूला गरी ६४ वटा गुम्बाहरु रहे पनि तिनको सांस्कृतिक तथा धार्मिक पक्षका बारेमा प्रचारप्रसार हुन नसक्दा पर्यटकहरु त्यसबाट पनि अनभिज्ञ रहनु पर्ने अवस्था छ ।
पर्यटक आकर्षत गर्न पर्यटन वर्षका अवसरमा जिल्लाका विभिन्न स्थानहरुमा भेला तथा महोत्सवको आयोजना गर्ने तयारी भने भएका छन् । जिल्ला पर्यटन समितिका संयोजक चन्द्रबहादुर थकालीका अनुसार आगामी फागुपूणिर्माका अवसरमा मार्फा, लेतेमा विशेष कार्यक्रम हुँदैछ भने वैशाखतिर कागबेनी र मुक्तिनाथमा तीर हान्ने प्रतियोगिता गर्ने, भदौमा माथिल्लो मुस्ताङ र असोजमा जोमसोममा महोत्सवको आयोजना गरिनेछ ।
पर्यटन वर्षमा विदेशी पर्यटकलाई मात्र नभई आन्तरिक पर्यटकलाई पनि आकषिर्त गर्न यस्ता मेला, महोत्सवहरुले सहयोग पुग्ने उहाँको कथन छ ।
पर्यटन वर्ष शुभारम्भको अवसर पारेर जोमसोम महिला समूहले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि सामुदायिक स्नानगृहको निर्माण गरी तातोपानीमा नुहाउने सुविधाको व्यवस्था मिलाएको छ ।
नवीकरणीय ऊर्जा आयोजनाको सहयोगमा समूहले निर्माण गरेको यस स्नानगृहले पर्यटकलाई सुविधा पुग्नुका साथै वातावरण संरक्षण गरी आयआर्जन गर्ने आयोजना प्रमुख रञ्जनप्रकाश श्रेष्ठ बताउनुहुन्छ ।
पर्यटक मार्गमा यस्ता सुविधाहरु उपलब्ध भएमा निकै सजिलो हुने फ्रान्सेली पर्यटक थोमस डेरुमाक्स बताउँछन् ।
जलवायु परिवर्तनले हिमाली क्षेत्रको पर्यावरणीय प्रणालीमा ल्याएको फेरबदलको प्रभाव यस जिल्लामा पनि पर्न थालेको छ । हिउँ कम पर्ने, हिमनदी पग्लने क्रममा तीव्रता, विभिन्न रोगव्याधीको प्रकोपजस्ता कारणले प्राकृतिक सौन्दर्यतामा ह्रास र जनजीवनमा पर्ने प्रभावले पर्यटनमा समेत असर पर्न थालेको अनुभव गर्न थालिएको छ ।
केही वर्षअघिसम्म बाह्रैमहिना हिउँले ढाक्ने धवलागिरि, निलगिरिलगायतका हिमशृङ्खलाहरुमा माघको पहिलो सातासम्म पनि राम्ररी हिउँ नपरी काला चट्टान मात्र हेर्नु पर्दा हिमाल हेर्न आउने पर्यटकहरु निराश बन्नुपर्ने अवस्था छ ।
जलवायु परिवर्तनले जैविक स्रोत र सांस्कृतिक सम्पदा एवम् सामाजिक रहनसहनमा समेत प्रतिकूल प्रभाव पर्न गई पर्यटन विकासमा बाधा पुगेको छ । हिमालमा यसरी हिउँ कम पर्न थालेपछि हिमालसँग रमाउन आउने पर्यटकहरु घट्न जाने चिन्ताले स्थानीय मुनकुमारी शेरचनलाई सताएको छ ।
उनी भन्छिन्- ‘यसरी हिउँ कम पर्न थाल्यो भने हामीले जति नै पर्यटनको कुरा गरेपनि आकषिर्त गर्न सकिंदैन ।’ जिल्लामा आउने अधिकांश पर्यटकहरु हिमाल हेर्नकै लागि आउने गरेको उनी बताउँछिन् ।
जलवायु परिवर्तनबाट जिल्लाको पर्यटन क्षेत्रमा पर्न सक्ने प्रभावको अध्ययन अनुसन्धान र न्यूनीकरणका प्रयासहरु अगाडि बढाउन आवश्यक भएको स्थानीय विकास अधिकारी श्यामराज अधिकारी बताउनुहुन्छ ।
यहाँको मौसमले पनि पर्यटन विकासमा समस्या आउने गरेको एकथरि पर्यटन व्यवसायी बताउँछन् । कतिपय पर्यटकहरु पुस माघको समयमा मुस्ताङ जान खोजेपनि स्थानीय पर्यटन व्यवसायीहरु जाडो छल्न पोखरा, काठमाडौँ झर्ने गरेकाले आतिथ्यमा समस्या आउने गरेको उनीहरुको भनाइ छ ।
हिउँदको समयमा वर्षभरि नै चिसो हुने भए पनि मङ्सिरदेखि माघसम्म अत्यन्त ठण्डा हुने हुँदा पर्यटकहरुको आगमन कम हुने भएकाले स्थानीय होटल व्यवसायीहरु जिल्ला छोड्ने गरेको मार्फास्थित गीता होटेलकी सञ्चालक गीता शेरचन बताउँछिन् । यतिबेला सदरमुकामका आधाभन्दा बढी होटल तथा लजहरु बन्द छन् ।
हाल वर्षमा करिब २० हजार विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने गर्दछन् । खेतीपाती र पशुपालन राम्ररी हुन नसक्ने भएकाले मुख्यगरी पर्यटन व्यवसायबाटै जीविकोपार्जन गर्ने यहाँका बासिन्दा पर्यटक आगमनमा कमी आएमा थप आर्थिक सङ्कटमा पर्न जाने खतरातर्फ सचेत हुन थालेका छन् । कृष्ण अधिकारी/रासस

0 comments:
Post a Comment