Translate

Wednesday

बुद्ध चिनाउँदै बलिउड हिरोइन

sonam_kapoor_home_400 











बलिउड डिभा सोनम कपुर चाँडै नेपाल आउने खबर सार्वजनिक भैसकेको छ । बुधबार पनि केही भारतीय मिडियाहरुले सोनम र नेपालबारेको अर्को खबर सार्वजनिक गरे । उल्लेख गरिएअनुसार यतिबेला 'ऐसा' स्टारले बुद्धको थलो नेपालको भ्रमण गर्न भारतीय पर्यटकहरुलाई आग्रह गरिरहेकी छिन् र पर्यटन वर्ष २०११ को प्रमोटमा सघाएकी छिन् ।

बुद्ध भारतमा जन्मिएको भनेर झूठो प्रचारबाजी गर्दै आएका भारतीय मिडियाका लागि बलिउडको सेलिव्रेटीको यो अभियानले जवाफ दिएको छ । 'सोनम नेपालकी ब्रान्ड एम्बेसडर त होइनन् तर पनि बुद्धको जन्मस्थल नेपाल भ्रमणमा निस्कन उनले भारतीय पर्यटकलाई आग्रह गरिरहेकी छिन्' एक अनलाइन एजेन्सीले लेखेको छ 'उनको नेपाल प्रेम यतिविधि गाढा भएको छ कि उनी हिमाली संस्कृतिलाई संरक्षण गर्न चाहन्छिन् ।'

'बलिउडकी व्यस्त नायिकाले फुस्रद निकालेर हिमालय क्षँत्रको भ्रमणमा निस्कनु नेपालका लागि खुशिको कुरा हो' समाचारमा छ । गतसाता सोनमले आफू नेपालका मनोरम हिमाली दृश्यहरुको अवलोकन गर्न इच्छुक रहेको र चाँडै नेपाल टुरमा निस्कने बताएकी थिइन् । 

mero cinema

0 comments:

Post a Comment