Translate

Friday

स्याङ्जालीलाई नभन जाली

भ्रमण वर्ष २०११ को क्रममा नेपालका विभिन्न भागका फोटो राख्‍ने क्रममा आज जाउँ स्याङ्जा। स्याङ्जा भन्ने बित्तिकै कतिले ‘जाली’ को कुरा ल्याइहाल्छन्। तर जाली नभन्नुस् है स्याङ्जालीलाई- यो एक स्याङ्जालीले नै गरेको अनुरोध हो।

मोटरसाइकलमा गरिएको थियो स्याङ्जाको छोटो यात्रा करिब दुई वर्षअघि पोखराबाट। ११ किलोमिटर बाँकी रहेको स्थानमा हामी रोकियौँ। केही फोटो खिच्न।


११ किलोमिटर यसरी उडेरै जाउँ कि के हो :) साथी विक्रमले उफ्रँदा खिचेको फोटो सुर र ताल मिलेपछि यस्तो रमाइलो देखियो। पछाडिको पहाडलाई भालु पहाड भनिँदो रहेछ। किन त्यस्तो नाम दिइएको हो चाहिँ थाहा भएन।

यहाँ पुल बनाएर बञ्जी जम्पिङ गराउने योजना छ रे भन्ने सुनियो।

द्वन्द्वकालमा पिल्सिएको जिल्लामध्ये एक रहेछ यो। यहाँ द्वन्द्वकालमा मारिएकाहरुको स्मृतिमा पार्क बनाउन लागिएको रहेछ।

स्याङ्जाको स्कूल।

नाम मेटेर खुबै क्रान्तिकारी भा’का थियौँ हामी एकताका।

वालिङ नगरपालिकाका अधिकांश घर अवैध छन्। किनभने यो नगरपालिका राजमार्गमा पर्छ। राजमार्गको दायाँबायाँ निश्चित फिट जग्गा छाड्नु पर्ने हुन्छ। तर यहाँ त्यो नियम लागू भएको छैन। तत्कालीन राजा महेन्द्रको लालमोहरले यहाँ यसरी राजमार्गको मापदण्डविपरीत बस्दा पनि कारबाही नभएको भनिन्छ।

फोहर संकलनको यो उपाय राम्रो लाग्यो।

नगरपालिकामा नयाँ घरको अगाडि पुराना घरहरुले अस्तित्व जोगाएर बसेका छन्।

आँधीखोलामा माछा मार्न हैन माछा मार्ने तरिकामा प्रतिबन्ध छ।

यस्ता साहसी पौडीबाज पनि छन् स्याङ्जामा।

आँधीखोलाको पुल।

By Salokya
my sansar

0 comments:

Post a Comment