
तीनमहिनाअघि अमेरिका उडेकी अभिनेत्री निशा अधिकारी स्वदेश फर्कंदैछिन् । मेरो सिनेमालाई पठाएको इमेलमा निशाले आफू फेब्रुअरी १३ मा नेपाल फर्कन लागेको उल्लेख गरेकी छिन् । न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा पढ्न उडेकी निशा स्वदेश फर्कनु खुशिको कुरा हो । किनभने सेलिव्रेटीहरु धमाधम अमेरिका लुकिरहेको बेला निशाको आगमन स्वदेशी सिनेमाका लागि खण्डन पनि हो ।'फेब्रुअरी १३ मा फर्कदैछु' इमेलमा निशाले लेखेकी छिन् 'घर फर्कन पाउँदा ज्यादै खुशि पनि छु ।' निशाको अमेरिका गन्तव्यप्रति नेपाली मिडियाहरुले उतै लुक्ने भनेर लेखेका थिए । आमा दुर्गाले पनि दाइ उतै भएकाले बस्ने-नबस्ने कुरा छोरीको मुडमा भर पर्ने बताएकी थिइन् । रोचक कुरा त यसपालिको भ्यालेन्टाइन डे प्लेनमै मनाउने पनि बताएकी छिन् उनले । भ्यालेन्टाइन डे त प्लेनमै मनाउलिन् तर कोसँग उल्लेखचाहिँ छैन ।
आफू अमेरिका उड्ने कुरा पनि मेरोसिनेमामार्फत नै सार्वजनिक गरिदिएकी थिइन् निशाले । अमेरिकामा मेरोसिनेमा लोकप्रीय बनिरहेको कुरा पनि निशाले इमेलमा उल्लेख गरेकी छिन् । जेहोस् निशाको घर फर्काइ स्वागतयोग्य कुरा हो । किनभने थुप्रै प्रोजेक्टहरु निशाको बाटो कुरेर बसिरहेका छन् ।
mero cinema










0 comments:
Post a Comment