थाइल्यान्ड 
यौन पर्यटन 
थाइल्यान्ड यौन पर्यटनका लागि विश्वमा परिचित छ । छिमेकी देश जापानसहित पश्चिमा देशका पर्यटक थाइल्यान्डमा मनोरम दृश्य, फरक संस्कृतिका साथै यौन पर्यटनका लागि आउँछन् । हुन त थाइल्यान्डमा यौन व्यवसाय गर्नु गैरकानुनी मानिन्छ । तर, यौन व्यवसायलाई समाजले पचाएको छ । भियतनाम युद्धपछि थाइल्यान्ड यौन पर्यटनका लागि परिचित भएको हो । थाइल्यान्डमा कति यौन व्यवसायी छन् भन्ने यकिन छैन । तर, १९७४ मै थाइल्यान्डमा पाँच लाखदेखि सात लाख यौन व्यवसायी थिए । थाइल्यान्डका चुलालोङक्रोन विश्वविद्यालयका प्रोफेसर डा. नितेत तिनाकुलले २००४ मा गरेको अनुमानअनुसार थाइल्यान्डमा २० लाख ८० हजार यौनकर्मी छन् । यीमध्ये २० लाख त महिला यौनकर्मी छन् । अन्य ८० हजार यौनकर्मीमा पुरुष, समलिंगी यौनकर्मी रहेका छन् । प्रोफसर तिनाकुलका अनुसार थाइल्यान्डमा २० हजार पुरुष यौनकर्मी रहेका छन् । विशेष गरी पश्चिमा मुलुकका महिला थाइल्यान्डमा यौन पर्यटनको खोजीमा आउँछन् । 
समलिंगीहरू यौन पर्यटकका लागि पनि गन्तव्यस्थल बनेको छ थाइल्यान्ड । २००३ मा प्रकाशित एक रिपोर्टअनुसार यौन व्यवसायले थाइल्यान्डको अर्थ व्यवस्थाको ३ प्रतिशत हिस्सा ओगटेको छ । अध्ययनअनुसार थाइल्यान्डमा प्रत्येक वर्ष चार अर्ब ३० लाख अमेरिकी डलरको व्यापार हुन्छ । थाइल्यान्डमा यौन व्यापार विशेषतः राजधानी बैंकक, पटाया, पुकेतमा हुने गरेको छ । 
मलेसिया 
'पक्का एसिया’
१९९९ मा मलेसियाले ः मलेसिया टु्रली एसिया अथवा मलेसिया पक्का एसिया नारासहित पर्यटन अभियान चलाएको छ । यो अभियान अत्यन्त सफल भएको थियो । यस अभियानले करिब ७० लाख ४० हजार पर्यटन मलेसिया भित्र्याउन सफल भयो । पर्यटन व्यवसायले नै मलेसियालाई २००८ मा आर्थिक मन्दीबाट बाहिर ल्याउन सहयोग पुर्यायो । मलेसियामा अधिकांश पर्यटक सिंगापुरबाट आउने गर्छन् । तर, २००८ मा बढ्दो औद्योगिक विकासका कारण पर्यटक उद्योग जोखिममा परेको छ । वातावरण, वायु, जल प्रदूषण, वन प"mडानीका कारण पर्यटन उद्योगलाई नकारात्मक असर परेको छ । मलेसिया सामुदि्रक तट, टापु, पार्क आदिका लागि प्रसिद्ध छ ।
माल्दिभ्स
इको टुरिजम
माल्दिभ्समा सबैभन्दा ठूलो उद्योगका रूपमा पर्यटन उद्योग रहेको छ । विदेशी मुद्रा आर्जन गर्न पर्यटन उद्योगले महत्त्वपूर्ण भूमिका खेलेको छ । टापुटापुले बनेको माल्दिभ्समा पर्यटन व्यवसाय ढिलो सुरु भएको हो । संयुक्त राष्ट्रको विकास मिसनले १९६० मा माल्दिभ्स भ्रमण गरेको थियो । यस मिसनले माल्दिभ्सका लागि पर्यटन उद्योग आर्थिक उपार्जनको सम्भाव्य क्षेत्र रूपमा विकास गरिनुपर्ने सल्लाह दिएको थियो । माल्दिभ्सका टापु पर्यटन उद्योगका लागि उपयुक्त नभएको राष्ट्रसंघीय मिसनले उल्लेख गरेको थियो । माल्दिभ्समा पहिलो पर्यटकको पहिलो समूह १९७२ को फेब्रुअरीमा आएको अनुमान गरिएको छ । 
माल्दिभ्समा पहिलो रिसोर्ट पनि १९७२ मै खोलिएको थियो । माल्दिभ्स टापुसहित पर्यावरण पर्यटनका लागि पनि प्रसिद्ध छ । थाइल्यान्डका रिसोर्टले पर्यावरण संरक्षणका फोहोरलाई प्रशोधन गरी बिजुली निकाल्छ । माल्दिभ्समा पर्यटकका लागि भनेर खोलिएका रिसोर्टमा फोहोर पानीसमेत खेर फालिँदैन । यसको उचित व्यवस्थापन गरिन्छ । यसैगरी सरकारले सामुदि्रक जीव संरक्षणका लागि पनि कानुन बनाएको छ । माल्दिभ्समा कछुवा र कोरलमाछा समात्न पाइँदैन । केही समययता प्रत्येक वर्ष करिब पाँच लाख पर्यटकले माल्दिभ्स भ्रमण गरेका छन् । 
इजिप्ट प्राचीन सभ्यता
पर्यटनका लागि इजिप्ट प्रसिद्ध छ । २००८ मा करिब एक करोड २० लाख ८० हजार पर्यटकले इजिप्ट भ्रमण गरेका थिए । २००९ मा पर्यटन उद्योगले इजिप्टको कुल अर्थतन्त्रमा करिब ११ बिलियन डलर सहयोग गर्यो । यसका साथै पर्यटन उद्योगले इजिप्टको कुल १२ प्रतिशत श्रमशक्तिलाई रोजगारी दिएको छ ।
प्राचीनकालदेखि नै इजिप्ट मध्यपूर्व युरोपेली पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्यस्थलका रूपमा रहेको छ । नेपोलियनले उन्नाइसौँ शताब्दीमा इजिप्ट आक्रमण गरेपछि युरोपेली देशबाट इजिप्टको भ्रमण गर्न थालेका हुन् । २००० मा ५० लाख पाँच हजार पर्यटकले इजिप्ट भ्रमण गरेका थिए । त्यसमध्ये ३० लाख ८० हजार पर्यटक युरोपेली देशबाट आएका थिए । अमेरिकी सरकारको अनुमानअनुसार इजिप्टको राजधानी कायरोमा एक दिन बस्नका लागि करिब एक सय ६७ डलर लाग्छ  । 
प्राचीन सभ्यताका लागि धनी इजिप्ट नाइल नदी, पिरामिड, अबुसेबी मन्दिर आदिका लागि प्रसिद्ध छ । सिनाई सामुदि्रक तटीय क्षेत्र पनि पर्यटकका लागि प्रसिद्ध मानिन्छ । नाइल नदीकिनारमा मात्र ७० पिरामिड छन् । इजिप्टका पिरामिड चार हजार वर्षअगाडिका राजाका पालामा बनाइएको हो । पानीजहाजमा नाइल नदीको सयर गर्नु पनि पर्यटकका लागि अर्का आकर्षण रहेको छ । तर, केही समययता आतंकवादले पर्यटन उद्योगलाई नकारात्मक असर गरेको छ । १९९७ मा आतंकवादी समूहले ५८ विदेशी पर्यटकको हत्या गरेका थिए । २००४ र २००५ मा इजिप्टका विभिन्न ठाउँमा बम विस्फोट भएका थिए । 
बिनु रिजाल, एजेन्सीको सहयोगमा










0 comments:
Post a Comment