'नुमाफुङ' निर्देशक नवीन सुब्बाका लागि चटारोका दिनहरु सुरु भएका छन् । ६ महिनाअघि स्थगन गरिएको 'गुडबाइ काठमाण्डू'को सुटिङ महिनादिनमा प्याकअप गर्नुपर्नेछ उनलाई ।
दसवर्षे सशष्त्र द्वन्द्व र पूर्वराजाको शासनजस्ता उथलपुथलकारी वर्तमान भोगेर विदेशिएका युवाको कथामा आधारित पछिल्लो प्रोजेक्टलाई बिट् मार्ने तर्खरमा जुटेका छन् नवीन । आगामी माघ १४ गतेदेखि सुटिङ पुनः सुरु हुँदैछ । फ्रेन्च सिनेम्याट्रोग्राफर पेरी पेग पनि काठमाण्डू उत्रिसकेका छन् ।
सबै कास्ट सुटिङका लागि तयार भैसकेको जानकारी दिए एसिस्टेन्ट डिरेक्टर राजेश विश्वकर्माले । चिसो मौसमको पर्खाइमा रोकिएको सुटिङ चिसो यामसँगै सुरु हुनेछ । पटकथा चिसोको छ जसलाई कृत्रिम तरिकाले गर्मीयाममा प्रस्तुत गर्न सकिँदैन ।
एकमहिनामा चलचित्र प्याकअप भैसक्ने जानकारी विश्वकर्माले दिए । काठमाण्डौं परिवेशका तीनजना युवा र तीनजना युवतीको कथामा आधारित चलचित्रमा कर्म, निसिल गुरुङ, सुवर्ण थापा तथा माल्भिका सुब्बा, माला लिम्बु र सोनी तामाङको अभिनय छ । टीका पहाडी र सविता आले पनि छन् ।
यी ६ पात्रहरु राजनीतिक त्रासदी र सन्त्रासको काठमाण्डूलाई गुडबाइ गर्दै विदेश पलायन हुन्छन् । जसले यतिबेला युवापुस्तामा रहेको 'व्रेनड्रेन कल्चर'लाई प्रस्तुत गरेको छ । अभिनेता अनुप बराल कास्टिङ निर्देशन गरिरहेका छन् । सोहम ढकाल, राजेश गोङ्गजु र नवीन सुब्बाको लेखनमा गोङ्गजुले पटकथा लेखेका छन् ।
mero cinema











0 comments:
Post a Comment