Translate

Friday

ख्यालठट्टामा खप्पिस सिमोन

image

सन् १९७६ लाई अन्तर्राष्ट्रिय महिला वर्षका रुपमा मनाइएको थियो । यसमा सिमोनको रमाइलो टिप्पणी थियो- अर्काे वर्ष अन्तर्राष्ट्रिय समुद्र वर्ष मनाइनेछ । अनि, अन्तर्राष्ट्रिय घोडा वर्ष, अनि कुकुर वर्ष, अनि अरु अरु वर्ष ।
सिमोन द बोभारसँग मेरो पहिलो भेट सन् १९७० मा भएको हो । खासमा, म जाँ पाल सार्त्रलाई भेट्न गएकी थिएँ । त्यसैले, मसँग भेटिनुलाई सिमोनले त्यति उत्साहजनक रूपमा लिइनन् होला । त्यतिवेला म पेरिसमा विदेशी संवाददाताका रूपमा काम गरिरहेकी थिएँ । तिनताका स्टेट सेक्युरिटी कोर्ट -राज्य सुरक्षा अदालत)मा धेरै अपमानजनक राजनीतिक मुद्दा चलाइएको थियो । प|mान्समा समाजवादी पार्टी सत्तामा नआएसम्म त्यो कोर्ट जारी राखिएको थियो जो अर्धसैनिक संरचनामा चल्थ्यो । मई १९६८ मा पेरिसमा विद्यार्थी आन्दोलन चर्किएको थियो । विद्यार्थी कारखाना कब्जा गर्थे, र मालिकलाई बन्धक बनाउँथे । त्यसो गर्नेलाई प्रहरीले समात्थ्यो र मृत्युदण्डसमेत दिन्थ्यो, त्यही कोर्टमार्फत । म यस्ता घटनाले पेरिसमा पारेको प्रभावका विषयमा बुझ्न त्यहाँ पुगेको थिएँ, खासगरी, औद्योगिक र सामाजिक प्रभाव । प|mान्स र पश्चिम जर्मनीमा त्यसवेला एउटा बहस निकै प्रचलित थियो । त्यो थियो- क्रान्तिकारी हिंसाको सवालमा कुनै व्यक्तिलाई प्रतिरोध गर्ने अधिकार छ कि छैन ? छ भने, कतिसम्म या कति मात्रामा प्रतिहिंसा जायज हुन्छ ?
त्यस समयमा सार्त्रले खुलेर माओवादीको पक्ष लिए । समर्थक र प्रचारक दुवैका रूपमा सार्त्रले माओवादीको विपक्षमा चलाइएको मुद्दाको विषयमा कडा आलोचना गरे । उनको विरोधले सरकारलाई साह्रै गाह्रो पार्‍यो । किनभने, त्यतिवेला त्यो राजनीतिक मुद्दा चरम अवस्थामा चलिरहेको थियो 
म बुलेवार रास्पाइलमा सार्त्रको एक कोठाको फ्ल्याटमा अन्तर्वार्ता लिन पुगेँ । उनी आधा घन्टाको अन्तर्वार्ता दिन तयार भएका थिए । हामी अन्तर्वार्ताको अन्त्यतिर एउटा महत्त्वपूर्ण विषयमा कुरा गर्दै थियाँै । ठीक त्यहीवेला, फ्ल्याटको ढोकाको ताल्चामा साँचो घुस्यो र सिमोनभित्र आइन् । उनले मलाई कर्के नजरले हेरिन् र सार्त्रलाई कतै पत्रकार सम्मेलनमा जानुपर्ने याद दिलाइन् 
सिमोन सार्त्रको टेबुलमा बसेकी थिइन् । बीचबीचमा आत्तिएर उठ्थिन् । ढिलो भएकोमा उनको व्यग्रतालाई बुझेकी थिएँ मैले । म स्वयं आत्तिएकी थिएँ । मेरो पहिलो भेट थियो यो । मलाई उनी साह्रै रुखी लाग्यो । पछि, मैले थाहा पाएँ- उनी असाध्यै हठी र कुनै पनि हालतमा सम्झौता नगर्ने स्वभावकी रहिछिन् । अन्तर्वार्ता सकिएपछि हामी तीनजना लिफ्टबाट तल ओर्लियौँ । कुरा गर्दै जाँदा मैले सिमोनले मेरो उपेक्षा गरेको अनुभव गरेँ । तर, मलाई त्यसले खासै फरक पारेन । आफ्नो उपेक्षामा पनि म दुःखी भएकी थिइनँ । बरु, खुसी थिएँ । मेरा लागि द सेकेन्ड सेक्सकी लेखिकासँग भेट्न पाउनु नै ठूलो कुरा थियो । उनीसँगको भेट मेरा लागि साह्रै मर्मस्पर्शी थियो । सिमोनको काम र जीवन एक प्रतीक थियो जुन आजसम्म पनि कायमै छ । उनी परम्परा, पूर्वाग्रह र सम्पूर्ण रुढीहरूबाट मुक्त थिइन् 
त्यसवेला गर्भपतन निषेधविरुद्ध प|mान्सको पहिलो महिला समूहले जोडदार आन्दोलन सुरु गरेको थियो । प्रसिद्ध महिला हस्तीहरूसहित तीन सय ४३ महिलाले गर्भपतन गराएको सार्वजनिक रूपमा स्वीकार गरेका थिए । र, गर्भपतनको अधिकारको माग गरेका थिए । उनीहरूमध्ये सिमोन पनि एक थिइन् । केही महिनाअघि नारीवादी प्रकाशन 'लान जेरो'ले सार्त्रसँगको सम्बन्धलाई लिएर सिमोनलाई गम्भीर आरोप लगाएको थियो । पुरुषको प्रकाशन 'द ला मोर्देर्न'सँग जोडिएको र त्यसका लागि काम गरेका कारण उनले तीखो आलोचना सहनुपर्‍यो । अधिकांश नारीवादी महिला एकढिक्का भएर उनीविरुद्ध लागेका थिए । उनीहरूको तर्क थियो- पुरुषसँग अन्तरंग सम्बन्ध भएका महिला नारी आन्दोलनमा सहभागी हुनै सक्दैनन् । त्यतिवेला आन्दोलनमा लागेका केही महिलाले सिमोनलाई सम्पर्क गरेका थिए र आफ्नो आन्दोलनलाई सघाउन आग्रह गरेका थिए  । उनी निःसर्त त्यसका लागि तयार भइन् । हामी नारीवादीका लागि सिमोन आन्दोलनमा आउनु एक बलियो भरोसा मात्रै थिएन, उनले हाम्रो आन्दोलनमा उत्साह पनि थपिदिएकी थिइन् । उनले नारी आन्दोलनलाई सक्दो सहयोग गरिन् 
सन् १९७० को अन्त्यमा म ती महिलाहरूसँग काम गरिरहेकी थिएँ जसले सिमोनसँग राजनीतिक मोर्चामा काम गरेका थिए । यस महिला मोर्चाका कैयाँै महत्त्वपूर्ण काममध्ये एक थियो- प|mान्समा गर्भपतनको गैरकानुनी नेटवर्कको स्थापना र त्यसको प्रचार । साथै, गर्भपतन गराउँदा शल्यक्रिया गर्नुपर्ने बाध्यताको विकल्पको खोजी र विकास । हामी त्यसवेलाको पाम्पिडु सरकार नारीवादीविरुद्ध कसरी प्रस्तुत हुन्छ, स्पष्ट थिएनाँै । त्यसैले हामीले ख्यातिप्राप्त हस्तीको घरमा लुकेर बस्ने निर्णय गर्‍यौँ । सिमोनले हामीलाई आफ्नो अपार्टमेन्ट खुसीसाथ उपलब्ध गराइन् । सन् १९७४ मा सिमोनले 'लिग फर विमेन राइट्स' नामक संस्था खोल्ने प्रस्ताव राखिन् । उनी लामो समय त्यस संस्थाको अध्यक्ष पनि भइन् । गर्भपतन अभियानमा हामी नारीवादीले तीव्र गतिमा सुरुवात गरेका थियौँ र त्यसको फल पनि आश्चर्यजनक रह्यो । आन्दोलनको सुरुवात केही दर्जन कार्यकर्तालाई लिएर भएको थियो । केही महिनामै आन्दोलनमा लाग्ने महिलाको संख्या सय नाघ्यो । त्यतिवेला हामी सबै महिला उनलाई सम्मान गरेजस्तो गथ्र्याैं, तर पछि बिस्तारै हामीले उनलाई साँच्चिकै सम्मान गर्न थालेका थियाँै । उनी प्रत्येक बैठकमा ठीक समयमा पुग्थिन् । समयको हेक्का नगर्नेसँग रिसाउँथिन् । कुरा यताउता नघुमाई सीधै विषय प्रवेश गर्ने उनको बानी थियो । उनको स्वभाव पनि निकै उन्नत हुन्थ्यो । बैठक प्रचार अभियानमा हामी व्यस्त रहन्थ्याँै । साँझ हामी सँगै खाना खान्थ्यौँ । पालैपालो खाना बनाउने गथ्र्याैं हामी । तर, सिमोनले कहिल्यै खाना बनाइनन् । उनी खाना पकाउन मन पराउँदैनथिन् । सिमोनले नारीवादसँग एककिसिमको दूरी बनाएकी थिइन् । उनलाई विश्वास थियो- समाजवादमा नारीका सबै समस्या आफँै समाधान हुन्छन् । हामीलाई कार्यालयकोेे भाडा तिर्न दुई हजार प|mंैक चाहिएको थियो । हामीले सिमोनसँगको साक्षात्कार प|mान्सको एक साप्ताहिक 'ल नुवेल आब्जेरवातुआर'लाई बेच्यौँ र त्यसबाट आएको रकमले नपुगेपछि सदस्यहरूबाट अलिकति रकम उठायौँ । सन् १९७२ मा छापिएको उक्त साक्षात्कारले इतिहास कायम गर्‍यो । त्यसपछि सिमोनले सार्वजनिक रूपमा आफूलाई नारीवादी हँु भन्न थालिन् । यो अन्तर्वार्ता संसारका धेरै भाषामा अनुवाद भयो 
त्यसको एक वर्षपछि मैले पश्चिम जर्मनीको टेलिभिजनका लागि सिमोन द बोभारमाथि एक डकुमेन्ट्री फिल्म बनाए । मैले मूलतः पश्चिम जर्मनीको टेलिभिजन र रेडियोका लागि काम गरँे । सिमोनले त्यो डकुमेन्ट्री फिल्म मन पराइन् । उनी र सार्त्रले आफ्नो सम्बन्धबारे खुलेर जवाफ दिए । उनीहरूको सम्बन्ध प्रेम, समता र स्वतन्त्रतामा टिकेको थियो । त्यो धेरै पिँढीका लागि आदर्श सम्बन्ध थियो 

अब सिमोन र मेरो सम्बन्ध राजनीति र पत्रकारिताबाट बढेर व्यक्तिगत भइसकेको थियो । मलाई त्यसवेला छतमा बसेर गरेका कैयाँै रमाइला कुराको याद छ । हामी धेरैजसो भगवान् र संसारको धज्जी उडाएर कुरा गथ्र्याैं । हामी तीनैजनाको एउटा समान स्वभाव थियो- हामी खुब गफ गर्थ्यौं र धेरैलाई उडाउँथ्यौँ 

सिमोन चरित्रवान् र इमानदार थिइन् । उनको प्रतिक्रिया स्पष्ट, सटीक र व्यंग्यपूर्ण हुन्थ्यो । सन् १९७६ लाई अन्तर्राष्ट्रिय महिला वर्षका रूपमा मनाइएको थियो । यसमा उनको टिप्पणी थियो- अर्काे वर्ष अन्तर्राष्ट्रिय समुद्र वर्ष मनाइनेछ । अनि, अन्तर्राष्ट्रिय घोडा वर्ष, अनि कुकुर वर्ष, अनि अरू-अरू वर्ष । पुरुष नारीलाई मूल्यहीन वस्तु ठान्छन् । त्यसैले महिलाले पुरुषलाई गम्भीरतापूर्वक लिएर एक वर्षभन्दा बढी मूल्य दिनु जरुरी छैन  ।'
सन् १९७८, जनवरीमा सिमोनको सत्तरीऔँ जन्मदिवसका दिन हामीबीच लामो कुराकानी भयो । वृद्धावस्था र उनको निजी अनुभवबारे कुरा भएको थियो । उनले वृद्धावस्थामाथि एक किताब लेखिन्- 'ओल्ड एज' । मेरो विचारमा यो आमुल परिवर्तनकारी दृष्टि र गहिराइका हिसाबले 'द सेकेन्ड सेक्स'जत्तिकै बेजोड छ । उनी आफ्नो वृद्धावस्थामा पनि उस्तै थिइन् । त्यतिवेला पनि धेरै यात्रा गर्थिन् । आफ्ना साथीलाई नै उनी परिवार ठान्थिन् । उनी भन्थिन्, 'म आफ्नो जीवनको अन्तिम समयसम्म पनि एक्लै हुन्न ।' सार्त्रको मृत्यु उनका लागि भयानक चोट थियो जसले उनलाई जीवनभरि दुखाइरह्यो 
सिमोन हठी स्वभावकी थिइन् । कुरा गरिरहँदा उनी बीचैमा सार्त्रलाई रोक्थिन् । सिमोन आफ्नो जीवनमा धेरै आनन्द पाएँ भन्थिन् । उनको आनन्द थालमा पस्किएको भात खानुमा थिएन । लक्ष्य प्राप्तिका लागि निकै साहससाथ जुट्थिन् सिमोन । एक ठाउँमा उनले लेखेकी छिन्, 'अल्जेरियाको कुनै मरुभूमिमा म रोकिएको थिएँ । त्यहाँको तापक्रम १०४ डिग्री फरेनहाइट थियो ।' त्यसपछि कसैले उनलाई सोधेछ, 'त्यस्तो ठाउँमा तपाईं के गरिरहनुभएको थियो ?' सिमोनले जवाफ दिएकी थिइन्, 'म काम गरिरहेकी थिएँ ।'

अनुवादः प्रमिला देवकोटा

0 comments:

Post a Comment