Translate
Saturday
पिसाब फेरर्दै फूटबल खेल्दै खेलाडी
बेलायती फुटबलका महान् खेलाडी गेरी लिनेकरले सन् १९९० को विश्व कप फूटबल खेलकै बीचमा खेलमैदानभित्रै पिसाब फेरिदिएको स्वीकार गरेका छन् । इटाली र आयरल्याण्डबीचको खेलमा पिसाबले ज्यादै च्यापेपछि उनले मैदानभित्रै पिसाब फेरिदिएको खुलासा गरेका हुन् । टेरी बुचरको आत्मकथामा यो प्रसङ्ग बाहिर आएको छ ।
इटाली र आयरल्याण्डबीच भएको उक्त खेल १-१ गोलमा टुङ्िगएको थियो । उनले खेलको मध्यान्तरपछि लघुशंका गरिदिएका थिए ।
"म त्यतिबेला उति सञ्चो अवस्थामा थिइनँ, झन् आधा समयपछि त मलाई के भो के !" उनले भने- "त्यहाँ बसेर पिसाब फेरिदिएपछि चाहिँ म रिल्याक्स भएँ ।"
बीबीसीले उनी ५० औँ वर्षप्रवेश गरेको अवसरमा लिएको अन्तरवार्तामा पनि उनले यो कुरा स्वीकार गरे ।
"मैले पिसाब फेरेपछि त्यो रात मज्जाले पानी परिदियो", उनले हाँस्दै भने- "यदि पानी नपरेको हुन्थ्यो भने ममाथि कारवाही अवश्य हुने थियो किनभने मैदान भिजेको र भिडियोको फुटेजले मैले मैदानभित्रै पिसाब फेरेको प्रमाणित हुँदा म कारवाहीमा पर्ने थिएँ । म भाग्यमानी ठहरिएँ, पानी परिदियो ।"
"मैले पिसाब फेरेपछि जुन खेल खेलेँ, त्यो वास्तवमा उम्दा खेलेँ", उनले ठट्यौलो पारामा भनेको यो भिडियोलाई युट्युबमा पोष्ट गरिएको छ ।
उनले ८० पटकभन्दा बढी खेलेका छन् र बेलायतका लागि ४८ वटा गोल हानेका छन् ।
enasha
Subscribe to:
Post Comments (Atom)











0 comments:
Post a Comment