Translate
Friday
ग्रिनेडको कावाले तनाव
अमेरिकाको सान प|mान्सिस्कोस्थित चर्चित पार्क फिसरम्यान्स हृवार्फाई केही समयका लागि प्रहरीले सिलबन्दी गरी र्सवसाधारणलाई बाहिर निकाल्नु पर्यो । पार्कभित्र चटक देखाउँदै गरेका एक चटकेले चटकमा पड्कन सक्ने एउटा हृयाण्ड ग्रिनेडलाई हावामा कावा खुवाउन थालेपछि पार्कभित्र आतङ्क मच्चिएको थियो ।
त्यसपछि त के थियो, प्रहरीले बम निष्त्रिmय पार्ने टोली बोलाउनु पर्यो । हृयाण्ड ग्रिनेड पड्किने डरले प्रहरीले पार्क र पार्क वरपरका सबै ठाउँलाई सिलबन्दी गरेको थियो । बम निष्त्रिmय टोली आइपुगेपछि मात्र थाहा भयो, चटेकले प्रयोग गरेको हृयाण्ड ग्रिनेड वास्तविक र पड्किन सक्ने हृयाण्ड ग्रिनेड नभई प्लास्टिकको रहेछ !
प्रहरी प्रवक्ताले भने- "हामीलाई खबर आइपुग्दा हामीले त्यो नक्कली पनि हुनसक्ने आँकलन गरेका थियौँ तर जब मानिसको ज्यान जोखिममा पर्ने कुरा हुन्छ, नक्कली होस् या सक्कली हामीले तुरुन्त एक्सन त लिनु परिहाल्छ । कुनै चटकेले असावधानीवश सानै गल्तीले ठूलो दर्ुघटना भयो भने आखिरमा सातो लिइने त प्रहरी प्रशासनकै हो । त्यसैले हामीले तुरुन्त मेलालाई खाली गराइहाल्यौँ ।"
त्यसो त चटकेले यो वास्तविक हृयाण्ड ग्रिनेड होइन भनेर र्सवसाधारणलाई जानकारी पनि दिएनन् । जसका कारण ती चटकेमाथि विभिन्न किसिमका आरोपहरु लगाइएको छ । चटकेको नाउँ र वतन चाहिँ खुलाइएको छैन ।
enasha
Subscribe to:
Post Comments (Atom)











0 comments:
Post a Comment