लण्डन । तपाईंलाई सुन्दा र पढ्दा पनि अचम्म लाग्न सक्छ । आइसक्रिम, चकलेटलगायत खाने उमेरमा ५ वषिर्य बालक यस्ता सबै चीजबाट डराउने गर्दछन् । उनी एक दुर्लभ बीरामीबाट ग्रसित बालक हुन् । यही दुर्लभ बीरामीका कारण चार वर्ष देखि केही नखाईकन उनी बाँचिरहेका छन् ।उनी हुन् एसिड रिफलक्स नामको रोगबाट ग्रसित ५ वषिर्य बालक डेनियल हैरिसन । डेनियलले कुनै पनि चीज खान सक्दैनन् । केवल एउटा नलीको माध्यमबाट शरिरमा पौष्टिक पदार्थ पुर्याउने व्यवस्था मिलाइएको छ । एसिड रिफलक्सका कारण खाने नली क्षतिग्रस्त छ । भोजन पचाउने एसिड नलीमा पनि क्षति पुगेको छ । जसका कारण उसले कुनै पनि चीज खान सक्दैनन् ।
करीब एक वर्षको उमेरदेखि हैरिसन यस रोगबाट पीडित बनेका हुन् । त्यसै समयदेखि उनी कुनै पनि चिज खानाका लागि डराउने गर्दथे । त्यही बानी अहिलेसम्म उसलाई निरन्तर रही रहेको छ । नाँटिंघम निवासी उनको मातापिता केविन र कैथरीन बच्चाको उपचारका लागि पानी जसरी नै पैसा बगाएपनि उनको उपचार हुन नसकेको बताउँछन् । हैरिसनको यसप्रकारको विरामीको कुनै उपचार नभएको विशेषज्ञहरुले बताउने गरेको उनका माता-पिता भन्छन् ।
हैरिसनका बुवा केविनलाई अझैपनि अस्टि्रयामा रहेको एक अस्पतालबाट आफ्नो छोराका उपचार हुनेमा आशावादी छन् । हैरिसनको उपचारका लागि उनका बुवालाई कम्तिमा २० हजार पाउण्डको आवश्यक्ता पर्दछ । केविन आफ्नो छोरा पनि अरुको बच्चाले जस्तै खानेकुरा खाएको हेर्ने सपना छ । जसका लागि सबै कुरा गर्न आफू पछि नपर्ने केविनको भनाई छ ।










0 comments:
Post a Comment