Translate

Monday

बुधबारदेखि साताको २८ घण्टा लोडसेडिङ हुने

 
नेपाल विद्युत प्राधिकरणले मंशिर १ गते बुधबारदेखि साताको २८ घण्टा लोडसेडिङ गर्ने भएको छ । मध्यमस्र्याङ्दी जलविद्युत केन्द्र मर्मत गर्न करीब तीन साता लाग्ने भएकाले साताको एक दिन बाहेक ५ दिन दैनिक ५ घण्टा र एक दिन ३ घण्टाका दरले लोडसेडिङ हुने प्राधिकरणलेजनाएको छ ।
प्राधिकरणले सोमबार सार्वजनिक गरेका परिवर्तित लोडसेडिङ तालिका अनुसार कोहलपुरदेखि पश्चिमको क्षेत्रको हकमा स्थानिय रुपमा लोडशेडिङ प्रकाशित गरिने छ भने दुहवी र अनारमनी सवस्टेसनबाट आपूर्ति हुने क्षेत्रहरुको हकमा पनि स्थानिय रुपमा लोडशेडि प्रकाशित गरिने छ ।
नेपाल गि्रडबाट आपुर्ति हुने हेटौडा-वीरगंज ६६ केभी-१ सर्किट हरेक दिन १२ बजेदेखि ६ बजेसम्म लोशेडिङ्ग हुनेछ भने ११ केभी औद्योगिक फिडरहरु र ३३ केभीबाट सप्लाई भएका उद्योगहरुको हरेक दिन १० बजे राति देखि भोलिपल्ट विहान ३ बजेसम्म लोडसेडिङ्ग हुनेछ ।


 लोडसेडिङ्ग तालिका डाउनलोड:-
http://www.nea.org.np/reports/loadSheddingRoutine/AYiPCITPmbLoad_Shedding_2067_Mangsir_1.doc.pdf

0 comments:

Post a Comment