Translate

Friday

चुम्बनदेखि सावधान, यदि तपाईमा एलर्जी छ भने

kiss2
एक ३० वर्षिय चिकित्सकले आफ्नी गर्लफ्रेण्डको चुम्बन लिए । लगत्तै उनको ओठ चिलाउन थाल्यो । उनको गला सुक्न लाग्यो र उनलाई अस्पतालमा भर्ना गर्नु पर्‍यो । यि चिकित्सकलाई अखरोटसँग एलर्जी थियो । उनकी गर्लफ्रेण्डले उनीसँग भेट गर्नु ठिक दुई घण्टाअघि मात्र अखरोट खाएकी थिइन्।
चिकित्सकहरुका अनुसार यदि कसैलाई कुनै खानेकुरासँग एलर्जी छ भने उनीहरुले चुम्बन लिनुअघि ध्यान दिनु आवश्यक छ कि आफ्नो साथीले यस्तो कुनै चिज त खाएको छैन जुन आफ्नो लागि हानिकारक छ। अमेरिकन कलेज अफ अलर्जीका अध्यक्ष सामी बाह्राका अनुसार चुम्बनका क्रममा सेल्भिया एकअर्काको मुखमा जाने गर्दछ र यस क्रममा आहारका कणहरु पनि आदानप्रदान हुन सक्छ। यसबाट अलर्जेटिक लक्षण उत्पन्न हुन सक्छ।
यदि आफू सामुको व्यक्तिले ब्रस गरेको होस, मुख राम्रोसँग सफा गरेको होस् तैपनि यस्तो सम्भावना कायमै रहने गर्दछ कि साथीबाट एलर्जीको गुनासो होस् ।
बाह्राका अनुसार ३० वर्षिय चिकित्सकको उदाहरणले यसलाई स्पष्ट गर्दछ। उनकी गर्लफ्रेण्डले अखरोट खाएपछि ब्रसले दांत सफा गरेकी थिइन् । माउथ फ्रेसनरको प्रयोग गरेकी थिइन् र चुइगम पनि खाएकी थिइन् । त्यसको दुई घण्टापछि उनी आफ्नो प्रेमीलाई भेट्न गएकी थिइन् । तर फेरि पनि उनीहरुबीचको चुम्बनले चिकित्सकलाई अस्पताल भर्ना हुन बाध्य बनायो ।
जुन व्यक्तिमा फुड एलर्जी छ, उनीहरुलाई चुम्बनपछि गलामा खसखस, घांटी सुक्नु, जलन हुनु आदि समस्या हुन सक्दछ।
केही व्यक्तिमा योभन्दा पनि भयावह स्थिति आउन सक्छ। कतिपय मानिसलाई लेटेक्स र लुब्रीकेन्टबाट एलर्जी हुन्छ, उनीहरु अन्तरङ्ग क्षणमा कण्डोम प्रयोग गर्न सक्दैनन् । अर्कोतर्फ कतिपय मानिसमा आफ्नो सार्थीको विर्यबाट पनि एलर्जी हुन सक्छ। यसबाट उनीहरुको अन्तरङ्ग जीवन नराम्रोसँग प्रभावित हुने गर्दछ।

एजेन्सी

0 comments:

Post a Comment