Translate

Friday

गणतन्त्र नेपालमा राजकुमारीको प्रेम







 हुस्सुका कारण पछिल्लो दुईसातादेखि पोखरामा राम्रोसँग घाम लागेको छैन। चिसो मौसम भएपनि निर्देशक राजु गिरीलाई भने फिल्म 'चन्द्रावती' सुटिङको तातोले छोएको छ। 'मौसम नखुलेर अलि अप्ठ्यारो पार्‍यो। बिहानैदेखि सुटिङ गर्ने तयारी गरेपनि घाम पर्खिदा ढिला भयो' उनले आफ्नो पिर सुनाए। गणतन्त्र नेपालमा बनिरहेको 'चन्द्रावती'मा आयुस रिजाल रणवीर सेनापति भूमिकामा  र राजकुमारीमा शशी खड्का छन्।
'बाईसे र चौबिसे मुलुकको अवस्था झल्काउने परिवेस हो यो। म राजकुमारीको प्रेममा फस्ने सेनापति हुँ,' हिरो आयुषले आफ्नो भूमिका खुलाए।
मौसममा केही सुधार आएपछि गीतको सुटिङ सुरु भयो। अर्जुन पोखरेलको लेखन र संगीतको 'जुनीजुनी सयौं जुनी सँगै बाच्न पाउँ' भन्दै एक अर्कालाई गुहार्न थाले आयुष र शशी। 'पाल्पा र भोटको लडाईको चपेटामा परेकी भोटकी छिन् राजकुमारी। उनलाई उद्धार गर्ने क्रममा सेनापतिसँग प्रेम सम्बन्ध गाँसिन पुग्दा यो अवस्था आएको हो' नृत्य निर्देशक शिब शर्माले भने, 'राजकुमारीलाई उनको राज्यमा पुर्‍याउने जिम्मा पाएका सेनापति आफै राजकुमारीको मायाजालमा फसेका छन्।'
मायाजालमा फँसेका यी जोडिमध्ये सेनापतिको हत्या हुन्छ। उनको हत्यापछि राजकुमारीले पनि आत्महत्या गरेको ठाउँको नाम चन्द्रावति रहेको इतिहास सुनाए निर्देशक गिरीले। 'सयौं वर्ष पुरानो परिवेस झल्काउने जमर्को गरेको छु,' निर्देशकले भने।
यसअघिका फिल्ममा प्रहरी अधिकृत र कमाण्डरको भूमिका निभाईसकेका आयुषले बर्षौं पुरानोसेनापतिको भूमिकामा अभिनय गर्दा खुशी लागेको बताए। पोशाक र संवादमा निकै परिवर्तन ल्याउनु परेको उनको अनुभव छ।
राजकुमारीले गर्ने प्रेमको तारिका अनुभव गर्न पाएको बताईन् शशीले। 'म सेनापतिको माया जालमा फसेकी राजकुमारी। प्रेमको पुरानो तरिका बुझ्न पाएकी छु,' उनले भनिन्।
यो फिल्ममा राजेश हमाल, कुशल थापा, युना उप्रेती र रेजीना उप्रेतीले समेत अभिनय गरेको निर्देशकले जानकारी दिए। फिल्मको बन्दीपुर र पोखरा आसपामा सुटिङ गरिने बताइएको छ।

nagarik

0 comments:

Post a Comment