Translate

Friday

पब्लिसिटीको असर ओपनिङमा

batomuniko_phool_home_400
शुक्रवार रिलिज भएको सिनेमा 'बाटो मुनिको फूल'ले कमजोर ओपनिङ गरेको छ । हल संचालकहरुले फितलो पब्लिसिटीको असर चलचित्रको ओपनिङमा देखापरेको बताएका छन् । वितरक डिजिटल सिनेमा नेपालका अनुसार मल्टिस्टारर यो सिनेमा पूर्वी र पश्चिम नेपालमा रिलिज भएन । मध्यमान्चल र पश्चिमान्चलका झन्डै ३६ हलमा सिनेमा स्क्रिनिङ भएको छ ।

हात्तीसारको क्यूएफएक्स जयनेपालमा फिल्मले पहिलो सोमा २७ दशमलव १५ प्रतिशत ओपनिङ गरेको छ । चारसय ७५ क्षमताको यो हलमा १ सय २९ जनाले चलचित्र हेरेको जयनेपालको विवरणमा उल्लेख छ । जयनेपालकी शान्ति केसीले आगामी साता चलचित्रले कस्तो पिकअप लिन्छ आइतबारको कलेक्सनमा निर्भर हुने बताइन् ।

ललितपुरको गुणको ओपनिङ भने चलचित्रका लागि सुखद छ । गुणका संचालक महेश शाक्यका अनुसार फिल्मले ४५ प्रतिशत ओपनिङ गरेको छ । हलका चार सो मध्ये अधिकांश टीनएज उमेरका दर्शक आएको पनि शाक्यले उल्लेख गरे । उनका अनुसार पहिलो साता चलचित्रलाई पिकअप लिन चुनौतिपूर्ण छ । गोपीकृष्ण र अष्नारायण मल्टिप्लेक्समा भने चलचित्रको ओपनिङ सन्तोषजनक छ ।

पोखरास्थित श्रीकृष्ण हलमा चलचित्रको ओपनिङ सुखद छ । हलका मोहन पौडेलका अनुसार उनको हलमा चलचित्रले ४० प्रतिशत ओपनिङ गरेको छ । दुई सो रहेको उक्त हलमा 'गोर्खापल्टन' रिप्लेस गरेर 'बाटो मुनिको फूल' लगाइएको हो । यद्यपी पहिलो साता चलचित्रका लागि कठिन हुने धारणा उनले राखे ।

हेटौंडास्थित ओम चलचित्र मन्दिरमा सिनेमाका ओपनिङ औषतभन्दा तलै छ । सातसय क्षमताको उक्त हलमा फिल्मले १५ प्रतिशत ओपनिङ गरेको छ । हलका दिनेश श्रेष्ठले भने 'कमजोर प्रचारप्रसार र स्टारकास्ट नभएकाले पनि ओपनिङ छैन ।' यद्यपी चलचित्रका कार्यकारी निर्माता राजेश घतानीले चाहिँ आफ्नो सिनेमाले उत्साहजनक ओपनिङ गरेको र थुप्रै हलमा हाउसफूल प्रदर्शन भएको दाबी गरे । ओपनिङ विश्लेषण गर्दा 'बाटो मुनिको फूल'ले सिङ्गल स्क्रिनमा भन्दा मल्टिप्लेक्समा राम्रो सुरुआत गरेको छ । 

mero cinema

0 comments:

Post a Comment