Translate

Friday

नजिक नआउन चेतावनी



चीनका सरकारी अधिकारीहरुले दर्ुइ बेग्लाबेग्लै घरलाई १० सेमीभन्दा कम दुरीमा टाँसेर घर बनाउनु राम्रो नभएको भन्दै यदि त्यस्ता घर भेटिएका खण्डमा भत्काइने धम्की दिएको छ ।

हुन पनि पछिल्लो समय बनेका केही घर त यति नजिक र लगभग टाँसिएका छन् कि एउटा ब्लकको घरबाट अर्को ब्लकको घरका मानिसहरु अँगालो मार्न सक्छन् । त्यति मात्र होइन, कतिपयले एकअर्कालाई चुम्मा खान पनि भ्याइसकेका छन् । यसो गर्नका लागि उनीहरु झुक्नु पर्ने बाध्यता पनि पर्दैन ।

तर सरकारी अधिकारीहरुको भत्काइदिने धम्की आए पनि घर निर्माणमा संलग्न डेभलपरहरुले चाहिँ नजिकै र टाँसेरै घर बनाउनु आफ्नो बाध्यता भएको बताएका छन् । हेनान प्रान्तको हाइकुस्थित गाओपो गाउँमा घर निर्माणका लागि आवश्यक जग्गा निकै थोरै भएको र जग्गा जोगाउन एउटा घरदेखि अर्को घरसम्मको दूरी लगभग टाँसिने स्थितिमै बनाउनुपर्ने बाध्यता रहेको उनीहरुको जिकीर छ ।

घरको माग ज्यादा र जग्गा कम भएकाले पनि यस्तो स्थिति आएको उनीहरुको धारणा छ ।

यसरी टाँसिएका घरहरु सरकारी अधिकारीहरुले कहिलेदेखि भत्काउने हो भन्ने कुरा चाहिँ समाचारमा खुलाइएको छैन ।


enasha

0 comments:

Post a Comment