नेपाली सिनेमामा पनि भारतीय हस्तक्षेपको कुरा उठ्न थालेछ । जस्तो : नेपाली सिनेमाका दर्शकहरुले सोसल साइट फेसबुकमार्फत नेपालस्थित भारतीय लगानीको सिनेमा हलविरुद्ध अनलाइन अभियान नै थालेका छन् । उनीहरुको तर्क छ -से नो टु बिग सिनेमा । बिकज इट डजनट स्क्रिन्स नेपाली मूभिज ।'कुनैबेला हलिउडको सिनेमा 'इन्सेप्सन' काठमाण्डूमा प्रदर्शन नगरेको भन्दै फेसबुक क्याम्पेन थालेका उनीहरुले नेपाली सिनेमामा राष्ट्रियताको मुद्दा उठाएका हुन् । नेपाली सिनेमाको अभिवृद्धिका लागि थालिएको क्याम्पेन बताइएको उक्त फेसबुक पेजलाई चारसय ९८ जनाले मनपराएका छन् । जसमा नेपाली चलचित्रका निर्देशक, निर्माता, कलाकार र दर्शक छन् ।
उक्त पेजमा लेखिएको छ -बिग सिनेमा नेपालस्थित भारतीय लगानीको सिनेमा घर हो जसले नेपाली सिनेमा कुनैहालतमा पनि प्रदर्शन गर्दैन । हाम्रो आग्रह छ -कि हप्ताको एकपटक नेपाली सिनेमा प्रदर्शन गर होइन भने बन्द गरेर घर जाऊ । कृपया नेपाली सिनेमाको पक्षमा हामीलाई साथ दिनुस ।' उक्त अभियानको भित्तामा जीवन भाईले लेखेका छन् 'हिन्दी सिनेमाबाट नेपाली फिल्म दबिएको बेला हिन्दी सिनेमा हल हामीलाई किन चाहियो ?'
राजधानीको सिटीसेन्टरमा अवस्थित बिग सिनेमाले जहिल्यै बलिउड सिनेमामात्र प्रदर्शन गर्दै आइरहेको छ । चलचित्र विकास बोर्डको तथ्यांकलाई आधार मान्ने हो भने दैनिक लाखौं राजस्व उक्त सिनेमा घर हुँदै भारत भित्रिने गरेको छ । बोर्डले अघिल्लो महिना उक्त सिनेमा घरबाटै सर्वाधिक बढी मनोरन्जन कर बटुलेको थियो । निर्देशक समाजका अध्यक्ष केपी पाठक भन्छन् 'उक्त फेसबुक अभियान राष्ट्रियता र नेपाली सिनेमाको पक्षमा छ । जसमा नेपाली चलचित्रको समर्थन सँधै रहन्छ ।'
mero cinema 










0 comments:
Post a Comment