Translate

Sunday

अनुराधा सिएनएन हिरो भईन बधाई छ उनलाई !


 माइती नेपालकी संस्थापक अनुराधा कोइराला सिएनएन हिरो २०१० घोषित भएकी छिन् । सामाजिक सेवामा उल्लेखनिय कार्यगरेवापत उनलाई सिएनएनले हिरो घोषणा गरेको हो । मानव तस्कर लगायत विदेशमा वेचिएकी नेपाली चेलीको उनको संस्था माइत नेपालले उद्धार गरी शिक्षा, स्वास्थ लगायतका विभिन्न सेवा प्रदान गर्दै आएको छ ।
उनले एचआइभी एडस सक्रमितलाई पनि शिक्षा, स्वास्थ्य लगायतका आयमुलक सीप प्रदान गर्दै आएकी छन् । सन् १९९३ देखि सामाजिक सेवा कार्य गर्दै आएको माइत नेपालले यौन हिंसाबाट पीडित करीव १२ हजार भन्दा बढी महिला तथा चेलीवेटीको उद्धार गर्दै आएको छ ।सिएनएनले आफ्नो आधिरिक वेभसाइटमा सिएनएन हिरोको लागि अनलाइन भोटिङ गरेको थियो ।मानव तस्करी जनघन्य अपराध हो सिएनएन हिरो घोषित भइसकेपछि प्रतिक्रिया दिंदै कोइरालाले भनिन म प्रत्येकसंग समाजमा भइरहेका मानवतस्करी विरुद्धको अभियानमा जुटन आव्हान गर्दछु, हामी सबैका चेलीबेटीका लागि यो आवश्यक छ ।

0 comments:

Post a Comment