आक्रामक शैलीमा टेनिस खेल्ने सिमोनाका स्तनले उनका समर्थक बढाए पनि खेलमा भने समस्या पार्दै गएको थियो । ३४ डबल डी आकारको स्तनले उनलाई सधैँ अगाडि झुकाइरहेको हुन्थ्यो, जसका कारण उनलाई टेनिस खेलमा प्रतिस्पर्धा गर्दा ढाड दुख्ने समस्या हुन्थ्यो । फलस्वरूप उनले कोर्टमा सोचेअनुरूपको सफलता पाउन सकिरहेकी थिइनन् । ठूलो स्तनका कारण खेल करियर बिग्रने देखेपछि सिमोनाले स्तनको शल्यक्रिया गरेर त्यसलाई ३४ सीमा ल्याएकी छिन् ।
स्तन घटाएर फ्रेन्च ओपनमा पहिलो पटक उत्रँदा उनले १ सय १४ औँ खेलाडीको स्थान पाएकी थिइन् । पहिलो खेलमा फ्रेन्च ओपनकी पूर्वसेमिफाइनलिस्ट अस्ट्रेलियाकी सामन्ता टोसुरसँग प्रतिस्पर्धा गर्न उत्रिएकी सिमोना पराजित भएकी थिइन् ।
स्तनको शल्यक्रियापछि पहिलो पटक प्रतिस्पर्धामा सफलता हात पार्न नसकेपछि सिमोनाले प्रतिक्रिया दिँदै भनिन्- 'मलाई पहिलेको तुलनामा अहिले प्रतिस्पर्धा गर्न सजिलो भएको छ । पहिले तौल बढी भएका कारण शरीरले अतिरिक्त परिश्रम गर्नुपथ्र्यो भने अहिले सजिलो भएको महसुस गरेकी छु ।' स्तनको शल्यक्रियापछि पुरुषहरूको आकर्षणमा कमी आएको महसुस गर्नुभयो भन्ने प्रश्नमा सिमोनाले भनिन्- 'यदि म खेलाडी नभएको भए आफ्ना ठूलो स्तनका कारण आकर्षक भैरहन्थे होला, तर मलाई त्यसले खेल्न अप्ठ्यारो महसुस भएका कारण घटाउनुपर्यो ।
ठूलो स्तनका कारण खेलमा बाधा उत्पन्न भएर सिमोनाले मात्र स्तन घटाएकी होइनन् । उनीभन्दा अघि अस्ट्रेलियाकी धाविका जाना पिट्म्यान रोलिङसनले आफ्नो स्तन घटाएकी थिइन् । ४ सय मिटर हडल्सकी यी धाविकाले पहिलो सन्तानको जन्मपछि पनि स्तनको आकार सानो भएका कारण शल्यक्रिया गरेर ठूलो बनाएकी थिइन्, तर स्तनको आकारमा वृद्धि भएपछि उनले खेल्न अप्ठ्यारो भएको महसुस गरिन् । सन् २०१२ मा लन्डनले आयोजना गर्ने ओलम्पिक प्रतियोगितामा सहभागिता जनाउने लक्ष्य बोकेकी जानाले हालै स्तनको शल्यक्रिया गरेर पुरानै अवस्थामा ल्याएकी छिन् । मैले आफूलाई आकर्षक देखाउन स्तनको आकार ठूलो बनाए पनि दौडँदा त्यसले अप्ठ्यारो पारेको महसुस गरें ।
महिला खेलाडीहरूले ठूलो स्तनको शल्यक्रिया गरी घटाएर आफ्नो खेलमा सुधार हुने आशा राखेका हुन्छन् । यस्तो किसिमको समस्या पुरुष खेलाडीलाई पनि हुन्छ । बेलायतका डार्ट खेलाडी एन्डी फोर्डम्यानले पनि आफ्नो तौलले प्रतिस्पर्धामा बाधा उत्पन्न गरेको महसुस गरेका थिए । मोटो शरीरकै कारण आफूले डार्ट गर्दा ध्यान एकाग्र गर्न नसकिरहेको महसुस गरेपछि उनले आफ्नो तौल साढे ६३ किलोग्राम घटाएका थिए । एन्डी भन्छन्- मोटो हुँदा शरीरलाई स्थिर राख्न गाह्रो हुन्थ्यो । अहिले त शरीर नै चङ्गा भएको छ ।
by (saptahik)










0 comments:
Post a Comment