ब एउटा पत्रिकाले फोटोमा त्यस नाविक युवकको अँगालोमा चुम्बन दिइरहेकी नर्स युवतीलाई सोध्यो, तपाईंलाई त्यो फोटो देख्दा कस्तो लाग्यो ? उनले भनिन्- 'म एक डाक्टरको अस्पतालमा नर्सको काम गर्थें । त्यसदिन मलाई एकजना केटीसाथीले भनी- युद्ध सकियो । ओहो अकल्पनीय कुरा थियो, त्यो । त्यसपछि हामी सबैजना भेला भएर उत्सव मनाइरहेको ठाउँ, टाइम्स स्क्वायरतिर लाग्यौँ । दौडँदै त्यहाँ पुग्दा त एक नाविक युवकले मलाई च्याप्पै समात्यो र मुखमा चुम्बन गरिहाल्यो । 
त्यसवेला मनमा कस्तो भाव उत्पन्न भयो होला त भन्ने प्रश्नको उत्तर दिँदै उनी भन्छिन्, 'के भन्नु र ! यो तन्नेरी मेरा लागि लडिरहेको थियो । म पक्कै उसलाई किस दिन्थेँ भन्ने मनमा लाग्यो । ओहो, क्या लामो थियो त्यो चुम्बन !'
लाइफ पत्रिकामा आफ्नो तस्बिर छापिएको देख्दा उनलाई आश्चर्य लाग्यो । 'बीस वर्षपछिसम्म पनि मैले दुनियाँलाई म को थिएँ त भनेर खुलाइनँ । अनि मेरो त्यो फोटो खिच्ने फोटोग्राफर अल्प|mेड आइजन्स्टाडसँग निकै राम्रो मित्रता भयो । र, लाइफ पत्रिकाको मुखपृष्ठमै अरू केहीका झैँ मेरो तस्बिर पनि छापियो,' उनी अर्थात् एडिथ कलन सेइनले भनिन् । 
त्यस चुम्बन-घटनाबारे एडिथ बयान गर्छिन्, 'मेरा लागि यो एक अविश्वसनीय घटना थियो । हात झोलामा, टिसर्टमा, कलेजका कोठा-कोठामा, पजलमा, घडीमा, सबैतिर मेरो चुम्बनको फोटो छापिएको, टाँसिएको देख्दा म रोमाञ्चित भएँ । जब टाइम्स स्क्वायरमा चुम्बन गरिरहेको एक प्रतिमाको अनावरण सकेर म न्युयोर्कबाट फर्कें, त्यसपछि त मैले मोडेस्ट लाइफ नै रोजेकी छु । युद्धमा के-के भइरहेको छ भन्नेबारे मैले धेरै कुरा जानेँ । यस घटनाले गर्दा मेरा थुप्रै साथी बने । मेरो जीवनलाई समृद्ध तुल्याए ।' 
एडिथलाई अभिनेत्री बन्न पनि मन थियो । तर, एडिथलाई उनका बुबाले हलिउड जान दिएनन् । त्यो मौन चलचित्रको जमाना थियो । उनले थुप्रै टिभी कार्यक्रम गरिन्, तर ती सबै त्यसै चुम्बनसँग सम्बन्धित थिए । 'तर तस्बिरमा हुनु भनेको मेरा लागि नौलो र रोमाञ्चक अनुभव थियो । मैले फिल्म निर्माता भासिली सुनोभको केल्टन्स डार्क कर्नरको दोस्रो भागमा पनि काम गरेँ । मलाई कलाकारिता गर्न मन पर्छ, पढ्न मन पर्छ, टिभी कार्यक्रम हेर्न मन लाग्छ । तर, फोनमा कुराकानी गर्न अझ बढी मन लाग्छ । बडो मजाको छ, अवकाशपछिको मेरो जीवन !!' एडिथले एउटा अन्तर्वार्तामा भनेकी थिइन् । 
१९४५ को अगस्त १४ मा जब जापानले हारेको घोषणा भयोे, त्यतिवेला एडिथ कलन सेइन २७ वर्षकी तरुनी थिइन् । सबैजना विजयोत्सवमा टाइम्स स्क्वयायरतिर जाँदै थिए । एडिथ पनि विजयको रन्कोले मात्तिएर एकजना साथीलाई च्याप्पै समातेर त्यता लागेकी थिइन्, एक/दुई मिनेटभित्रै एकजना नाविक ठिटोले उनलाई झ्याप्पै पारिहाल्यो । ठिटोले उनलाई दमदार चुम्बन दियो । त्यति नै वेला लाइफ पत्रिकाका फोटोग्राफर अल्प|mेड आइजन्स्टाडले त्यस दृश्यलाई आफ्नो क्यामेरामा कैद गर्न भ्याइहाले । यही फोटोले दुनियाँमा एक किसिमको हल्ली-खल्ली मच्चाइदियो । 
अहिले एडिथ सेन ८७ वर्षे बुढ्यौली काटिरहेकी वेला पनि उनको दिमागबाट त्यो चुम्बनको दृश्य ओझेल भएको थिएन । 
चुम्बनको बयान गर्दै उनी भन्छिन्, 'सडकमा मानिस खचाखच थिए । उनीहरू एक-अर्कोलाई धकेल्दै, चुम्बन गर्दै थिए । हामी तिनकै बीचबाट हिँडिरहेका थियौँ । एकजना नाविक युवक आएर मलाई च्याप्पै समात्यो र मुखमा मुख हालिहाल्यो । लामो समयसम्म उसले मलाई छाडेन । मलमई च्याप्प पार्दा मैले उसलाई देख्नै पाइनँ, जब चुम्बन गर्यो त्यसपछि त उसतिर हेर्ने कुरै भएन, बस् मैले आँखा चिम्लिदिएँ । त्यसपछि म वल्तिर-पल्तिर लागेँ र सरासर कतै हिँडिदिएँ । बस् कथाको अन्त्य त्यसरी भयो ।' 
आफ्नो कथा जोड्दै उनले भनेकी थिइन्, 'अनि म क्यालिफोर्निया पुगेर विद्यालयमा शिक्षिका भएँ । बिहेँ गरेँ । तीन बच्चाकी आमा भएँ । साठी वर्षपछि जब उनलाई एकजना नाविकले चुम्बन गरेको कुरा गर्छिन्, तर त्यो युवक को थियो, त्यो भने अहिलेसम्म पनि मलाई पत्तो छैन । त्यस अवधिमा कम्तीमा २० जनाले तिमीलाई चुम्बन गर्ने पुरुष मै हुँ भनी दाबी गर्न आएका थिए, तर कसैले पनि आप\mनो दाबी प्रमाणित गर्न सकेनन् न त मैले नै ठोकुवा गर्न सकेँ । एकजना बूढाले त आफ्नो अनुहारको त्रिआयामिक मोडेल लिएर डिजिटल इमेज तयार गरी चुम्बनको फोटोसँग आप\mनो अनुहार ठ्याक्कै मिल्छ भन्ने दाबी गरेको थियो । यही व्यक्ति हो भनेर ठोकुवा गर्न सकेकी छैन ।'
चुम्बन गर्ने त्यस नवयुवकसँग उनको त्यसपछि कहिल्यै भेट नभएको बताउँदै उनले भनेकी थिइन्, 'त्यही चुम्बनको क्षण मात्रै हो, त्यस भद्रपुरुषसँगको मेरो सम्पर्क । त्यसपछि हामीबीच कहिल्यै एक शब्द पनि आदान-प्रदान भएन । उसले त्यतिवेला मतिर हेरेको थियो कि थिएन भन्ने पनि मलाई थाहा छैन । हेरेन पो होला कि ! तर, टाइम्स स्क्वाक्यर गएको र चुम्बन गरेको त्यो क्षण कसरी बिर्सनु ? टाइम्स स्क्वायरमा चुम्बन गरेको प्रतिमा अनावरण गरियो, मानिसको यथार्थ कदभन्दा अलिकता ठूलो छ त्यो । अब २४ अगस्तपछि कुनै ग्यालरीमा त्यसले ठाउँ पाउला ।' किन्डरगार्डेन तथा प्रथम श्रेणीकी शिक्षिका र भी-जे दिवसकी सेतो पोसाकमा टाइम्स स्क्वायरमा आएकी नर्स त्यस चर्चित फोटोकी नायिका एडिथ सेइन ९१ वर्षको उमेरमा बितिन् । फोटोग्राफरको भनाइ थियो, 'यी नर्सले सेतो पोसाक नलाएकी भए वा त्यस नाविक युवकले कालो रंगको पोसाक नलगाई सेतो पोसाक लाइदिएको भए म यस चुम्बनको फोटो खिच्ने नै थिइनँ ।










0 comments:
Post a Comment