|                                                                                                   नयाँ नायिकाहरूको 'इरो लाग्दा नेपाली चलचित्रमा पुराना अनुहार दोहोरिन कम भएको छ। तीव्र स्पर्धाबीच नवनायिकाहरू पनि प्रमुख भूमिका पड्काउने होडमा छन्। एक जमाना थियो जुन वेला बैंसको आँगनमा टेकेका करिश्मा मानन्धर, जल शाह, विपना थापा, निरुता सिंहहरू नेपाली चलचित्रमा आए, छाए र गए। उनीहरूको अभिनय क्षमतामा शङ्का गर्नेहरू पनि समयक्रममा प्रशंसक नै बने। उनीहरूमध्ये कोही घरजम र कोही विदेशतिर लाग्दा सीमित नायिकाले धानेको नेपाली रजतपटमा ठाउँ लिन आएका नवयौवनाहरूको हुल सानो छैन। अभिनेता/निर्देशक रमेश बुढाथोकी भन्छन्, “एक डेढ वर्षयता नयाँ नायिका लिने चलन गजबले बढेको छ।” बुढाथोकीको भनाइमा, अहिले चलचित्र नायिका बन्न जति युवती आएका छन् ती सबै प्रतिभाशाली छन्। नत्र गतिशील सिने उद्योगमा कसरी अवसर पाउँथे र! तर, हिरोइनहरूका मामलामा चलचित्रको पर्दा-पछाडि चल्ने गाइँगुइँ पनि कम शक्तिशाली छैन। पर्दा-पछाडिका जानकारहरूका अनुसार कतिपय निर्माता/निर्देशक करिअरका लागि शरीर सुम्पने हिरोइनको खोजीमा हुन्छन्, त्यस्तो आँट गर्ने युवतीसँग प्रतिभा नभए पनि हुन्छ, अहिले। आफैँ पैसा लगाउने नयाँ हिरोको खोजीमा रहने निर्देशकहरू भएको फिल्मी उद्योगमा यस्तो गाइँगुइँलाई झूठो भनिहाल्न मुश्किलै पर्छ। 
 
 
 निर्देशक महेन्द्र बुढाथोकी भने दर्शकहरू पुराना तीन/चार नायिकाको अनुहार हेर्दा-हेर्दा वाक्क भइसकेकाले फ्रेस टेष्ट र ब्रेक दिनु उपयुक्त भएको बताउँछन्। “त्यसमाथि पुरानाहरू आफूलाई बढी नै व्यावसायिक देखाउन खोज्छन्, काम गर्ने उत्साह चाहिँ नयाँहरूमा हुन्छ”, उनी भन्छन्। हुन पनि, पछिल्लो समयमा बनेका वा बन्दै गरेका चलचित्रहरूमा पुराना हिरोइनहरूको नामोनिशान देख्न पाइँदैन। नवीन सुब्बाले बन्दै गरेको आफ्नो चलचित्र गुडवाई काठमाडौं मा मिस नेपाल भएर पनि सिनेमा खेल्दिनँ भनेर बसेकी माल्भिकालाई नायिका बनाएका छन्। उता निर्देशक आकाश अधिकारीले सिने संसारमा विल्कुलै नयाँ संयुक्ता राणालाई चलचित्र काठमाडौं को मुख्य भूमिकामा लिएका छन्। संयुक्ता जस्तै केकी अधिकारी पनि चलचित्र स्वर र आइएम सरी को शीर्ष भूमिकामा आउँदै छिन्। यीबाहेक सौजन्य सुब्बा, सुमिना घिमिरे, काजोल खड्का आदिले पनि मुख्य भूमिका पाएका छन्। 
 जेसुकै कारणले भए पनि नेपाली सिनेमाको रङ्गीन पर्दामा तानिएका पुगनपुग तीन दर्जन युवतीमध्ये बढीमा एक दर्जनमा राम्रो अभिनयको सम्भावना देखिन्छ। केहीले अनुभव, अध्ययन र लगनबाट नेपाली सिनेमामा नाम राख्न सक्लान्। बाँकी चलचित्र क्षेत्रमा आएको नयाँ अनुहारको बाढीमा बगेर जाने एक जना निर्देशक बताउँछन्। उनका अनुसार धेरैजसो नायिका बेकाम सावित हुने प्रवृत्तिले नेपाली सिनेमाको स्तरोन्नति प्रक्रिया स्वतः धिमा भएर जानेछ। हिमालखबर  | 
Translate
Tuesday
प्रमुख भूमिका पड्काउने होडमा नवनायिका
Subscribe to:
Post Comments (Atom)




             
             
             
             





0 comments:
Post a Comment