Translate

Monday

शिशुकक्षामा पाकाको भीड




छोरा-नाति उमेरका नानीहरूसँगै शिशुकक्ष्ाामा बस्नुपर्दा सुरुसुरुमा उनलाई असजिलो लाग्थ्यो। "अहिले अप्ठ्यारो लाग्दैन, बरु विद्यालय जान नपाएको दिन अल्छी लाग्छ," बाजुराको जुगाडा गाविसस्िथत देनजुगाडाका ५२ वषर्ीय मनलाल कठायतले स्थानीय सत्यवादी माविको शिशुकक्ष्ाामा भर्ना हुँदाको अनुभव सुनाए।

राजधानीमा रहेकी छोरी पार्वतीले पठाएको चिट्ठी पढ्न छिमेकीे खोज्दै हिँड्नुपर्ने अप्ठ्यारो झेल्दै आएका मनलालले विद्यालय भर्ना भएरै अक्षर चिन्ने सुर कसे। अहिले उनी कक्षा ६ मा अध्ययनरत कान्छो छोरा डम्मरसँगै विद्यालय पुग्छन् र कखरा सिक्छन्।

जुगाडाका मनलाल मात्रै होइनन्, समयमा विद्यालय जान नपाएर अक्षर चिन्नबाट वञ्चित बाजुराका एक दर्जनभन्दा बढी महिला-पुरुषहरू धमाधम नजिकको विद्यालयमा भर्ना भएका छन्। यो क्रम बढ्दै गएको छ। एक महिनायता जिल्लाका धेरैजसो विद्यालयमा उमेर छिप्पिएकाहरू भर्ना हुने लहर नै चलेको छ।

साप्प्ााटा गाविसको बर्कुगाउँकी २८ वषर्ीया लक्ष्मी रोकाया कुलादेवी निमाविमा भर्ना भएकी छन्। लक्ष्मीलाई पनि सुरुमा मनलाललाई जस्तै सहज भयो। तर, अक्षर चिन्ने दृढइच्छाका कारण उनी आफ्ना दुई छोराछोरीसँगै विद्यालय पुग्छिन्। साप्पाटाकै मण्डाली प्राविको शिशुकक्षामा मात्रै २० वर्षमाथि उमेरका १३ जना महिला-पुरुष भर्ना भएका छन्। "यसरी विद्यालय भर्ना हुनेहरू ४० वर्ष उमेरसम्मका छन्। यिनीहरूको जोस रहरलाग्दो छ," विद्यालयका प्रधानाध्यापक मनबहादुर रोकाया  भन्छन्, "यसबाट अरूले पनि प्रेरणा लिन सक्छन्।"

0 comments:

Post a Comment