गर्मीले आलुको आकार घट्न थालेको छ । जर्मनीका किसानहरुले अब रेष्टुराँमा खाइने फ्रेन्च्फ्राइजको आकार केही सानो हुनसक्ने भनी चिन्ता व्यक्त गरेका छन् । जर्मनीमा लामा-लामा आकारका फ्रेन्च्फ्राइज लोकप्रिय मानिन्छन् तर यूरोपमा बढ्दै गएको तापक्रम र गर्मीले खेतबारीमा उब्जने ठूला आकारका आलु पुड्को हुने सम्भावना बढेर गएको उनीहरुले बताएका छन् ।
यो कुरा हालै जर्मन फार्मर्स एशोसिएसनले बताएको हो । गर्मी बढ्नुका अतिरिक्त यूरोपमा सुख्खा पनि बढ्दै गएकाले यस्तो स्थिति आएको जनाएको छ । यूरोपको अधिकांश ठाउँमा यो समस्या देखिएका कारण ज्यादै ठूला आलु फल्ने ठाउँमा त्यो आकार केही कम हुनसक्ने सम्भावना देखिएको किसान संघले जनाएको हो ।
प्रवक्ता भेरेना टेलारले भनिन्- "अब आलुको आकार पहिलेको तुलनामा सानो हुँदै जाने देखिएकाले ग्राहकहरुले पनि सानो आकारका फ्रेन्च्फ्राइजमा बानी बसाल्नु नै उपयुक्त हुनसक्ने देखिएको छ ।"
त्यसो त त्यहाँ उब्जिने सानो आलुको आकार पनि कम्तीमा १.८ इन्च हुने गर्दछ । तर यसअघि कम्तीमा २.२ इन्चसम्मका लामा र ठूला आलु फल्ने गरेका थिए ।र् जर्मनीले हरेक वर्ष११ मिलियन टन आलु उत्पादन गर्ने गर्दछ । यी आलुमध्ये १० प्रतिशत चाहिँ फ्रेन्च्फ्राइज बन्ने गरेका छन् ।
Translate
Thursday
Subscribe to:
Post Comments (Atom)











0 comments:
Post a Comment