
अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने लार्कस्पर परिवारको एउटा कार भालुले झन्नै चोरेको छ । गएको शुक्रबार बिहान भालुले लार्कस्पर परिवारको स्वामित्वमा रहेको कारभित्र चढ्यो, ड्राइभरको सिटमा अड्डा जमायो तर कार नलिई आफ्नो बाटो ततायो ।
कालो रङको वयस्क उक्त भालु बेन स्टोरीको टोयोटो कोरोला कारभित्र चढ्दा एक सय मिटरसम्म कार आफैँ चल्न पुगेको थियो । यो देखेर बेन र उनका परिवार चकित परेका थिए । भालुले कारलाई न्युट्रलमा लग्यो र केहीबेर कार आफँै हिँड्यो । अगाडि रुख नभइदिएको भए भालुले अलि अगाडिसम्म कार हुइँक्याउने सम्भावना रहेको बेनले पत्रकारहरुलाई बताए ।
"मेरो कार एउटा रुखमा ठोक्किएर अगाडिको भाग क्षत्रि्रस्त भयो", उनले भने- "तर यो कुनै मान्छेले गरेको दर्ुघटना थिएन । एउटा भालुले मेरो कार चढेर केही पर लगी रुखमा ठोक्काएर टाप कस्यो ।"
रातको २ बजे यो घटना घटेको थियो । छिमेकीहरुले पनि राति कारको हर्न निकै कडा बजेको केही क्षणमा कार ठोक्किएको आवाजले ब्युँझिएका थिए । छिमेकीले तत्कालै प्रहरीलाई खबर गरिदिएका थिए ।
रमाइलो त के भइदियो भने स्थानीय प्रहरी काउन्टी शेरिफ डग्लस आइपुग्दा भालु गाडीभित्रै केके कुराहरु खोज्न मग्न थियो । घरबेटी बेनका १७ वषर ीय छोरा राल्फले त्यो दिन पिनट बटरको स्याण्डविच आधा खाएर कारभित्रै छोडेकाले भालुले खाना खोज्दै त्यसैमा आक्रमण गरेको हुनसक्ने बताइएको छ ।










0 comments:
Post a Comment