घाम नलागेको भन्दै पाँच वर्षअघि खोटाङको चित्रेमा रहेको रििपटर टावर उदयपुरको पञ्चावतीमा सारे पनि समस्या भने जस्ताको त्यस्तै । टेलिफोनमा हुने लोडसेडिङ् प्राविधिक कारणले भएको बताउँदा रहेछन् टेलिकमका कर्मचारीहरू । घाम नलागुन्जेल ब्याट्रीले 'ब्याक अप' नदिनाले टावरले पूर्ण रूपमा काम गर्दो रहेनछ । समस्या पहिचान भइसकेपछि पनि टेलिकम वषौर्ंदेखि मौन छ । ग्राहकले तिरेको महसुलबाट वर्षमा २८ महिनाको तलब खाने टेलिकमका कर्मचारीको उदेकलाग्दो मौनता कहिले अन्त्य हुने हो, प्रतीक्षामा रहेछन् उदयपुरवासी ।
निरीह उपभोक्ता
घरको सीडीएमए फोनमा विभिन्न समस्या बढेपछि फोन सेट बोकेर टेकुस्िथत नेपाल टेलिकमको कार्यालय पुग्नेको संख्या दैनिक एक दर्जनभन्दा कम देखिएन । कोही भन्दै थिए, 'लौन यो सेटमा आवाजै आएन । न उताबाट बोलेको सुनिन्छ, न यताबाट !' कसैको गुनासो थियो 'क्यार्र क्यार्र गर्यो, घरी बोलेको सुनिन्छ, घरी सुनिँदैन ।' अझ कोहीकोहीले त 'खुलै फोनमा पनि स्वीच अफ गरएिको छ भन्छ' भन्दै समस्या सुनाइरहेका थिए । गुनासो गर्नेको लाममा भेटिएकी सामाखुसीकी हेमा अधिकारी आक्रोश पोख्दै थिइन्, "फोन गर्दा केही बुभि“mदैन, सित्तैँमा मासिक शुल्क तिररिहेकी छु ।" टेलिकमका कर्मचारीले 'तपाईंको सेटमा खराबी आएको छ' भनेपछि दुई हजार रुपियाँ तिरेर नयाँ सेट किने पनि त्यसले काम नगरेको अधिकारीको गुनासो थियो । अधिकारीजस्तै डेरामा बस्ने धेरै ग्राहकले तारफोनसँग साटेर सीडीएमए सेट लिएका रहेछन् । समस्याको कारण भने चीनबाट ल्याइएको कम गुणस्तरका सेट रहेछन् । समस्याको कारण थाहा पाएपछि ग्राहकले सीडीएमए साटेर तारफोन पाउनुपर्ने माग गर्न थालेका छन् । टेलिकमले भने त्यसो गर्न नमिल्ने जवाफ दिँदै आएको रहेछ । करबि नौ हजार रुपियाँ लगानी गरेर लिइएका करबि पाँच लाख फोनमा अहिले त्यस्तो समस्या देखिएको छ । फोनसेट पनि नसाट्ने र मर्मत पनि नगरििदने टेलिकमको व्यवहारका कारण उपभोक्ता ठगिएको कसले देख्ने ?
बढ्दै गोप्य खर्च
लोकतन्त्रपछि पनि गोप्य काममा भएको खर्च बढ्दै गएको छ । महालेखा परीक्षकको प्रतिवेदनका अनुसार, गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयले गर्ने त्यस्तो खर्चमा बढोत्तरी भएको हो ।
आर्थिक वर्ष ०६३/६४ मा गोप्य काममा भएको खर्च २ करोड २१ लाख ३८ हजार रुपियाँ रहेकामा ०६४/६५ मा बढेर ३ करोड ६ लाख रुपियाँ नाघेको छ । राजाको शासनकालमा सबैभन्दा बढी गृहमन्त्रीले खर्च गर्ने सो रकम पछिल्लो समय राष्ट्रिय अनुसन्धान विभाग, प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी महानिरीक्षकले गर्न थालेका छन् । शान्ति सुरक्षा कायम गर्ने नाममा भएको यो खर्च अपारदर्शी हुन्छ । बिल, भर्पाइ नचाहिने भएकाले जथाभावी खर्च हुने र भइरहेका अनुभव छन् । त्यसैले यो खर्च कटौती गर्नुपर्ने माग उठ्दै आएको हो । तर, त्यहाँ पुगेपछि आफ्ना मान्छेलाई पैसा बाँड्न छाडेर को यो खर्च कटौती गर्नेतिर लाग्ने ?
लापरबाहीको नयाँ नमुना
उपत्यकाका सडकमा देखिने थरीथरीका लापरबाही-शृंखलामा अर्को नमुना बनेको छ, तीनकुने-सूर्यविनायक सडकखण्ड । सडक विस्तार गररिहेको जापानी निर्माण कम्पनी हजामाको लापरबाहीका कारण ओहोरदोहोर गर्नेहरू हन्डर खान बाध्य छन् । आधा सडक भत्काइएको छ । बाँकी आधामा पनि ठाउँठाउँमा ठूल्ठूला खाल्डा छन् । पुर्ने काम पटक्कै हँुदैन । त्यसैले त यस सडकमा घन्टौँ सवारी जाम हुन्छ । खासगरी कार्यालय खुल्ने र बन्द हुने समयमा मोटरसाइकल, कार, ट्याक्सी र मिनीबस फसेको विरक्तलाग्दो दृश्य देखिन्छ । दैनिकजसो लोकन्थली, कौशलटार, ठिमी, सल्लाघारीमा घन्टौँसम्म सवारी जाम हुँदा विद्यार्थीको पढाइ छुट्ने गरेको छ भने कर्मचारीसमेत समयमा कार्यालयमा पुग्न सक्दैनन् । अस्तव्यस्त सडकका कारण दुर्घटना मात्र बढेका छैनन्, सडकमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भइसक्दा पनि त्यसको मर्मतमा ठेकेदारको ध्यान पुगेको छैन । सडक डाइभर्सन गरनिे, सडकमा धूलो उड्न नदिइनेजस्ता बुँदामा निर्माण कम्पनी हजामाले सहमति गरेको छ । तर, अत्यधिक धूलोका कारण यात्रु मात्र होइन, वरपिरकिा बासिन्दासमेत प्रभावित छन् ।










0 comments:
Post a Comment