अचेल सुविधासम्पन्न ठाउँमा मित्रता गर्ने विभिन्न माध्यम छन् । ती हुन्, मोबाइल, इमेल र इन्टरनेट । तर, विकटका मानिसलाई मित्रता गाँस्ने र अन्ततः जीवनसाथी नै भेट्ने माध्यम बनेको छ, बाँस ।
बाँसमा लेखिछाडेको ठेगानाबाट नै खाँबु गाविस-१ का जगतबहादुर राईले जीवनसाथी भेटे । त्रियुगा नगरपालिका-१, बाबरीकी सरतिा राईसँग मित्रता गाँस्दै लगेर उनी जीवनसाथी बनाउन सफल भए । राई भन्छन्, "म गाईघाटबजार जाँदा बाँसमा एक जना युवतीको ठेगाना देखेँ । मैले उनको पूरा ठेगाना टिपेर पत्रमार्फत मित्रता कायम गरेँ । पछि प्रत्यक्ष भेट भयो र अन्तमा उनै मेरी जीवनसाथी बनिन् ।"
बाटोमा भएका बाँसहरूमा पूरा नाम र ठेगाना लेखिएको हुन्छ । यही ठेगानाको सहायताले विकट ठाउँका मानिस पत्रमित्रता गर्दै विवाहसमेत गर्छन् । उदयपुरदेखि खोटाङसम्म जाने बाटोका बाँसमा सयौँ मानिसका नाम र ठेगाना कुदिएका छन् । बाँसको ठेगानाबाट पत्रमित्रता गररिहेकी कमला राई भन्छिन्, "सहरबजारमा भएका मानिसहरूको इमेल, इन्टरनेट, मोबाइलभन्दा यसको महत्त्व छ ।"










0 comments:
Post a Comment