Translate

Thursday

नेपालमा बीबीसीका तीन च्यानल

bbcin_400बेलायती प्रसारण संस्था बीबीसीले निकट भविष्यमै नेपालमा आफ्ना थप दुई च्यानल प्रसारणमा ल्याउने भएको छ ।

बीबीसी इन्टरटेनमेन्ट र बीबीसी सीबेबिज नामक ती दुई च्यानल थपिएपछि नेपालमा उक्त संस्थाका तीन च्यानल हुनेछन् । बीबीसी वल्र्ड न्यूज पहिल्यैदेखि प्रसारणरत छ ।

पूर्णतः मनोरन्जन प्रदान गर्ने उद्देश्यले बीबीसी इन्टरटेनमेन्ट र बालबालिकाका लागि प्रयुक्त सीबेबिज प्रसारण गरिने छ । यसका लागि बीबीसीले नेपालस्थित प्यासिफिक टे्रडस्रलाई आधिकारिक प्रसारण अधिकार सुम्पेको छ । संसारभर बीबीसी इन्टरटेनमेन्ट निकै लोकपि्रय छ ।

ती च्यानल प्रसारणका लागि सूचना तथा संचार मन्त्रालयले प्यासिफिक टे्रडस्रलाई अनुमति प्रदान गरिसकेको छ । यसैगरि मन्त्रालयले इम्याजिन टिभी, सोबिज र लुमिएर च्यानल प्रसारण गर्न पनि टे्रडस्रलाई अनुमति दिएको छ ।

0 comments:

Post a Comment