चीनको एउटा रेष्टुराँले नयाँ भान्से छान्दा त्यहाँ खाना खान आएका महिलाको भुँडीमा मेवा काट्ने अभ्यास गर्न लगाई छानेको छ । चीनको हुबर्ेइ प्रान्तस्थित हानकोउमा रहेको रेष्टुराँले यो विधि अपनाएको हो ।

एक जना स्वयंसेविकाले आफू भान्सेका लागि टेबुल बनिदिन आग्रह गरेपछि उनको पेटमा पातलो प्लास्टिक ओछ्याएर तिनको भुँडीमा मेवाको पातलो टुक्रा काट्न लगाइएको थियो ।
होटलका प्रवक्ताले भने- "छानिएका प्रतियोगीहरुलाई महिलाको भुँडीमा पातलो टुक्रामा मेवा काट्न लगाइएको थियो । सीमित समयमा त्यसरी काट्दा महिलालाई कुनै पनि किसिमको हानी पुर्याउनेलाई जागीर खाने सम्भावना रहँदैन थियो ।"
यो प्रतियोगितामा भान्से छानिन पुगेका छन्, हु गुआ । एक मिनेटभन्दा कम अवधिमा ती महिलालाई कुनै चोट नपुर्याई मेवालाई ससाना टुक्रामा काट्न सफल भएका थिए ।
भान्से हुले चाङजियाङ बिजनेस डेलीलाई भने- "म वास्तवमा यति धेरै आत्मविश्वासी थिएँ कि तिनको भुँडी त के म ज्रि्रैमा काटिदिन सक्थेँ, तापनि उनलाई कुनै असर पुग्ने थिएन । हा..हा..हा.. । तर मैले अहिलेसम्म केटीको भुँडीमा तरकारी काट्ने अभ्यास गरेको थिइनँ ।"
निर्ण्ाायक मण्डल त हु प्रति यति विश्वस्त देखिए कि उनलाई आउँदो १० वर्षम्म काममा राख्न सकिने भनी मालिकलाई आश्वस्त पारेका थिए ।










0 comments:
Post a Comment