बिग सिनेमाबाट हलिउड फिल्म 'साल्ट' हेरेर निस्कँदा गसिप गर्ल रेखा थापालाई एउटा आइडिया फुर्र्यो -आफूले पनि यस्तै फिल्म बनाउने । उनको आइडिया बुझेपछि सँगै फिल्म हेर्न पुगेका हिरो आयुष रिजालले रेखालाई अगि्रम बधाई थिए । रेखाले भनिन् 'थ्याङ्क्स ।' 
'अब यस्तै एक्सन फिल्म बनाउनुपर्ला' आफ्नो कम्पनीले निर्माण गर्न लागेको फिल्मबारे उनले भनिन् 'त्यो फिल्ममा एन्जेलिनाको भन्दा बढि नै एक्सन गर्छु भन्ने आशा छ ।' एन्जेलिनालाई आफ्नो आदर्श ठान्ने रेखाले आफ्नो फिल्ममा पनि 'साल्ट' शैली भित्र्याउने बताइन् । 'मेरो फिल्मपनि साल्टजस्तै एक्सन र महिला प्रधान हुनेछ' उनी भन्छिन् ।
उनले 'साल्ट'को समिक्षा पनि गरिन् । 'वाह् ! एड्भेन्चर' साल्ट सम्झिइन् रेखाले 'तर, होप गरेजस्तो एन्जेलिनाले उति एक्सन देखाउन भने सकेकी रहेनछिन् । बरु मैले गर्छु कि ?' 'साल्ट'मा एन्जेलिनाको जादु हेर्न पहिल्यै आत्तिएकी थिइन् रेखा । छायांकन भैरहेको चलचित्र 'खुशि'को सुटिङबाट बल्लतल्ल फुस्रद निकालेर उनी फिल्म हेर्न मल्टिप्लेक्स पुगेकी थिइन् । त्यो पनि ग्याङका साथ ।
खासमा उनी 'साल्ट' हेर्न पुग्नुको कारण अर्कै रहेछ । हिरो रेश मरहठ्ठाले 'साल्ट जसरी पनि हेर्नु है' भनेर रेखालाई टेक्सट् म्यासेजबाट आग्रह गरेका थिए । रेशको आग्रहपछि उनी फिल्म हेर्न मल्टिप्लेक्स पुगिन् तर रेशसँग भने होइन ।
Translate
Tuesday
Subscribe to:
Post Comments (Atom)











0 comments:
Post a Comment