हलिउड नायिका लिन्ड्से लोहान जेलमुक्त भएकी छिन् । नब्बे दिनको जेल सजाय सुनाइएकी उनी दुई सातापछि मुक्त भएकी हुन् ।नराम्रो बानी ब्योहोराका कारण कारागार छिरेकी उनी असल ब्यवहार देखाएकाले चाँडै छुटेकी हुन् । 'कन्फेसन अफ अ टीनएज ड्रामा क्विन' स्टार सीधै घर जान पाइनन् सुधारगृह लगिएकी छिन् ।
'सुधारगृहमा उनलाई लस एन्जल्स काउन्टीको निगरानीमा राखिनेछ' लसएन्जल्स पुलिस प्रवक्ताले भने । लिन्ड्सेले मादक पदार्थ पिएर सवारी हाँकेको अभियोगमा नब्बे दिनको जेल सजाय पाएकी थिइन् ।
जेलमुक्त भएपछि लिन्ड्सेले क्यालिफोर्नियाको अरेन्ज काउन्टीस्थित सुधार केन्द्रमा तीनमहिना बिताउनुपर्ने अदालतको आदेश थियो । उनी सुधारगृहबाट निस्किसकेपछि पनि वर्षभर समय-समयमा लागुऔषधको जाँचमा पर्नेछिन् ।










0 comments:
Post a Comment