Translate

Sunday

म त कुमार हो



वल्र्ड बक्सिङ एसोसिएसनको लाइट वेल्टरवेटमा विश्व च्याम्पियन अमिर खानले आफू अझै कुमार नै रहेको खुलासा गरेका छन् । पाकिस्तानी मूलका बेलायती बक्सर खानले एक बक्सिङ म्यागजिनलाई अन्तर्वार्ता दिने क्रममा आफू अझै कुमार रहेको खुलासा गरेका हुन् । म्यागजिनले खानलाई मन पर्ने यौनआसनका बारेमा सोध्दा उनले आफू कुमार रहेको र यौन आसनका बारेमा जानकारी नरहेको बताए ।

आफ्नो वास्तविक जीवनमा कुनै पनि प्रेमिका नरहेको बताउने खानले सपनामा भने अमेरिकी नायिका एवं टेलिभिजनकी प्रस्तोता किम कार्डासहेनसँग रात बिताएको संस्मरण भने गरे । खानका हजुरबुबा पाकिस्तानको रावलपिन्डीबाट बेलायत गएपछि उतै बस्न थालेका हुन् । बोल्टनमा जन्मिएका खानका भाइ पनि एमेच्योर बक्सिङका खेलाडी छन् ।

0 comments:

Post a Comment