
मानिसहरूले आपmना विभिन्न क्रियाकलाप सकेसम्म अरूले थाहा नपाऊन् भन्ने चाहन्छन् । अझ आपmना आर्थिक क्रियाकलाप लुकाउने काम त सबैले गर्छन् । सरकारी तथा गैरसरकारी योजना सञ्चालन हुँदा त्यसको सार्वजनिक सुनुवाइ गर्न डराउँछन्, उपभोक्ता समितिका पदाधिकारी ।
तर, मकवानपुरको हाँडीखोला गाविस-७, चुवारपाखाका बासिन्दाले आफ्नो घरमा निर्मित चर्पीको लागतसहितको सार्वजनिक सूचना टाँस्ने गरेका छन् । सबैका घरघरमा जडित गोबरग्यास प्रणाली तथा शौचालयका लागि लागत टाँस गरेर उनीहरूले अरूलाई पनि शौचालय र बायोग्यास निर्माणका लागि उत्प्रेरति गर्न खोजेका हुन् ।
जनजाति महासंघ तथा राष्ट्रिय गोबरग्यास कम्पनीबाट प्राप्त अनुदानबारे सबैले देख्ने गरी शौचालयको भित्तामा हिसाबकिताब टाँसिएको स्थानीय बासिन्दा जितबहादुर थिङ बताउँछन् । यस गाउँका ३९ वटै घरधुरीका परविारले शौचालय र बायोग्यास निर्माण गरेका छन् ।










0 comments:
Post a Comment