Translate

Sunday

दिन्नँ भनेपछि दिन्नँ, दिन्नँ



नेपालमा पाएसम्म काम गर्ने, चलचित्र पाए पनि गर्ने तर मिले विदेश गएर उतै सेटल हुने मनसाय बोकेकी भावना गुरुङले दुईवटा चलचित्रमा स-साना भूमिका  निर्वाह गरेकी छिन् । उनले अभिनय गरेका म्युजिक भिडियो र विज्ञापन भने त्यसभन्दा अलि बढी छिन् । सेक्सलाई नेचुरल -प्राकृतिक) चीज मान्ने भावनाले हालै  मार्गदर्शन मासिकले विवाहअघिको सेक्सका सम्बन्धमा सोधेको प्रश्नमा भनेकी छिन्- 'यस्तो प्रश्न नगर्नु न, नगरेकै राम्रो ।' कुरा हो पनि, सेक्स नेचुरल भए पनि  यसको सार्वजनिक चर्चा अननेचुरल -अप्राकृतिक) हुन्छ । भावनाले यो कुरा किन भनेकी हुन् भन्नेचाहिँ उनैलाई थाहा होला, तर उनी एउटा कुरामा दृढ हुँदै  भन्छिन्- 'म चलचित्रका लागि किस सिन दिन्नँ, बेड सिन पनि दिन्नँ ।' त्यसो हो भने हाम्रा निर्माता-निर्देशकहरूले पनि भन्लान् नि— यस्तै ढिपीमा बस्ने हो भने  हामी पनि तिमीलाई चलचित्रमा रोल दिन्नौँ, दिन्नौँ भनेपछि दिन्नौँ-दिन्नौँ ।

0 comments:

Post a Comment