एक बेरोजगार महिलाले ओक्लाहामामा रहेको म्याकडोनाल्डको पसलमा चोरी गर्ने उद्देश्यले कट्टुलाई अनुहार छोप्ने पट्टी बनाई बिहान ३ बजे डकैती गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । ५१ वर्षो मिडवेस्ट सिटीनिवासी स्यारोन लायनले यस्तो उपाय अपनाएको भन्दै प्रहरीले तिनलाई र्सार्वजनिक गरेको छ ।उनले आफ्नै अन्डरवेयर मुखमा बेरेर गएको मंगलबार चोरी गरेकी थिइन् । प्रहरीले उनलाई उक्त कट्टुसहित पक्राउ गरेपछि आफूले चोरेको स्वीकार गरेकी छन् ।
प्रहरीले उनलाई तुरुन्तै पक्राउ गर्न सफल हुनुको कारण चाहिँ शहरभर जडान गरिएको र्सर्भिलेन्स क्यामेरा हो । क्यामेरालाई पछ्याउँदै प्रहरीले उनी बसेको क्षेत्र फेला पारे पनि घर फेला पार्न सकेको थिएन । तर स्थानीय टीभीमा उनको फुटेज र उनी बस्ने गरेको क्षेत्र बताएपछि चाहिँ स्थानीय व्यक्तिहरुले उनलाई चिनेको जानकारी दिएपछि प्रहरीले पक्राउ गरेको थियो ।
उनको घरमा प्रहरीले अवैधानिक लागूऔषध पनि फेला पारेको छ । "उनले चोरीलाई स्वीकार गरिन् र हामीले उनले चोर्न प्रयोग गरेको कपडा पनि भेट्टायौँ । उनले लगाएको पट्टी वास्तवमै उदेकलाग्दो थियो । कट्टुलाई पट्टी बनाएर चोर्न निस्कने चोर अहिलेसम्म देखेको थिइनँ", प्रहरी प्रवक्ता क्लाबले बताए ।
चोरी गर्ने महिला पहिला म्याकडोनाल्ड्स्मा पर्ूव नाइट सिफ्ट म्यानेजरका रुपमा काम गरिसकेको र एक महिनाअघि उनलाई कामबाट निकालिएको थियो । उनलाई पैसाको ज्यादै आवश्यक भएका कारण चोरी गर्न पुगेको स्वीकार गरेकी थिइन् । उनमा जुवा खेल्ने आदतका कारण म्याकडोनाल्डले निकालेको पनि समाचारमा जनाइएको छ ।










0 comments:
Post a Comment