विदुर खतिवडा/शिव मुखिया         
                                     उच्च शिक्षाको विकासमा निजी क्षेत्रको भूमिकालाई प्रोत्साहित गर्ने, उच्च शिक्षाको गुणस्तर वृद्धि गरी प्राज्ञिक वातावरणलाई स्वस्थ मर्यादित एवं नतिजामूलक बनाउने, उच्च शिक्षामा प्रतिस्पर्धालाई प्रोत्साहित गर्ने तथा अझ धेरै विषयका कार्यक्रम विस्तार गरी सामुदायिक विकासमा योगदान दिने उद्देश्य विश्वविद्यालयको छ ।
विश्वविद्यालयको प्राज्ञिक एवं प्रशासनिक कार्यहरू पूरा गर्न कार्यकारी परिषद्, प्राज्ञिक परिषद्, योजना तथा कार्यक्रम शाखा, विद्या परिषद्, विषय समितिहरू, संकायहरू, पाठ्यक्रम विकास केन्द्र, अनुसन्धान केन्द्र, पुस्तकालय विकास समिति, परीक्षा समिति, प्रशासन तथा विद्याथ्र्ाी कल्याण एकाइहरू स्थापना गरिएका छन् ।
पोखरा विश्वविद्यालयअन्तर्गत आङ्गकि तथा सम्बन्धन प्राप्त कलेजहरूमा गरेर ८ हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । विश्वविद्यालयले अध्यापनका लागि तीनवटा संकाय सञ्चालन गरेको छ । जसअनुसार व्यवस्थापन संकायअन्तर्गत प्राज्ञिक एवं व्यवहारिक ज्ञान-अनुभवलाई जीवनमा प्रयोगात्मक शैलीमा उतार्नु विश्वविद्यालयको लक्ष्य हो । अन्तर्राष्ट्रिय स्तरमा पनि सफल मानिएको यो कार्यक्रममार्फत व्यावसायिक एवं शैक्षिक जगत्मा उत्कृष्ट जनशक्ति उत्पादन गर्ने लक्ष्य विश्वविद्यालयले राखेको छ ।
विज्ञान तथा प्रविधि संकायअन्तर्गत विज्ञानका विभिन्न क्षेत्रका लागि आवश्यक पर्ने सक्षम प्राविधिक जनशक्ति विकास गर्ने लक्ष्य राखिएको छ, जसले विज्ञानका क्षे त्रमा सिर्जनशील एवं अनुसन्धानमुखी वैज्ञानिक तथा दक्ष प्राविधिक तयार गर्नेछ । यो संकायअन्तर्गत इन्जिनियरिङमा सिभिल, ब्याचलर अफ सिभिल इन्जिनियरिङ -रुरल), इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर, सफ्टवेयर इन्जिनियरिङ, इलेक्टि्रकल एन्ड इलेक्ट्रोनिक्स, इन्र्फमेसन टेक्नोलोजी, आर्किटेक्चरमा स्नातक तहमा अध्यापन हुन्छ ।
यसैगरी विज्ञान संकाय अन्तर्गत बायोलोजिकल साइन्सेज कार्यक्रममा बिएस्सी बायो केमेस्ट्री, फर्मास्युटिकल साइन्स -बी-फार्म), मेडिकल ल्याबोरेटरी टेक्नोलोजी
-बीएस्सी एमएलटी), बीएस्सी मेडिकल बायोकेमेस्ट्री, बीएस्सी मेडिकल माइक्रोबायोलोजी, ब्याचलर अफ पब्लिक हेल्थ -बीपीएच) तथा बीएस्सी नर्सिङमा स्नातक तहको कार्यक्रम सञ्चालन गरिएको छ । जनरल साइन्सअन्तर्गत बीएस्सी कम्प्युटर साइन्स, बीएस्सी इन्भाइरोमेन्टल म्यानेजमेन्टमा स्नातक अध्ययनको सुविधा छ ।
त्यसैगरी स्नातकोत्तर तहमा एमएस्सी इनभाइरोमेन्टल म्यानेजमेन्ट, एमएस्सी कम्प्युटर साइन्स, एमएस्सी नेचरल रिसोर्सेज म्यानेजमेन्ट, एमएस्सी कन्स्ट्रक्सन म्यानेजमेन्ट, मास्टर अफ साइन्स इन इन्टर डिसिप्लिनरी वाटर
रिसोर्स म्यानेजमेन्ट, मास्टर्स अफ कम्प्युटर इनफरमेसन सिस्टम
-एमसीआईएस), एमएस्सी कम्प्युटर साइन्स एन्ड डाटा प्रोसेसिङ
-एमएस्सी सीएसडीपी), एमई डिजास्टर रिस्क म्यानेजमेन्ट, एमई कम्युनिकेसन इन्जिनियरिङ, एमई कम्प्युटर इन्जिनियरिङ, मास्टर अफ फर्मास्युटिकल्स साइन्सेज -एम फार्म) अध्यापन हुन्छ ।
त्यस्तै व्यवस्थापन संकायअन्तर्गत ब्याचलर अफ बिजनेस एडमिनेस्ट्रेसन -बीबीए), ब्याचलर अफ बिजनेस एडमिनेस्ट्रेसन इन बैंकिङ एन्ड इन्स्युरेन्स -बीबीए बीआई), ब्याचलर अफ कम्प्युटर एप्लिकेसन -बीसीए), ब्याचलर अफ कम्प्युटर इन्फर्मेसन सिस्टम -बीसीआईएस), ब्याचलर अफ होटल म्यानेजमेन्ट -बीएचएम), ब्याचलर अफ ट्राभल एन्ड टुरिज्म म्यानेजमेन्ट -बीटीटीएम), ब्याचलर अफ हेल्थ केयर म्यानेजमेन्ट
-बीएचसीएम), यस्तै स्नातकोत्तरमा मास्टर्स अफ बिजनेस एडमिनेस्ट्रेसन -एमबीए), मास्टर्स अफ बिजनेश एडमिनेस्ट्रेसन एक्जुकेटिभ -एमबीए-एक्जुकेटिभ), मास्टर्स अफ हेल्थ केयर म्यानेजमेन्ट -एमएचसीएम), पोस्ट ग्राजुएट डिप्लोमा इन हेल्थ केयर म्यानेजमेन्ट -पीजडीएचसीएम) तथा पोस्ट ग्राजुएट डिप्लोमा इन कम्प्युटर एप्लिकेसन्स -पीजीडीसीए) को पाठ्यक्रम यो विश्वविद्यालयसँग छ ।
त्यसैगरी कला, साहित्य तथा सामाजिक जनजीवनका विविध पक्षका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित मानविकी संकाय छ । ब्याचलर अफ आर्ट्स, मास्टर अफ आर्ट्स इन इङ्लिस -एमए इङ्लिस), मास्टर अफ फिलोसोपी इन इंग्लीस -एमफिल इङ्लिस), मास्टर अफ पपुलेसन जेन्डर एन्ड डेभलपमेन्ट
-एमपिजिडी) डक्टर अफ फिलोसोपी इन इङ्लिस -पीएचडी इङ्लिस) । अंग्रेजीमा विषयमा स्नातक तहदेखि विद्यावारिधिसम्मका कार्यक्रम छन् ।
स्कुल अफ हेल्थ एन्ड अलाइड साइन्सेज, स्कुल अफ बिजनेस, स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङ र स्कुल अफ इन्जिनियरिङ पोखरा विश्वविद्यालयका आंगिक क्याम्पस हुन् । यी चारवटा आङ्गकि कलेजमा स्कल अफ हेल्थ एन्ड अलाइड साइन्सअन्तर्गत ब्याचलर इन फार्मेसी, मेडिकल ल्याबरोटरी टेक्नोलोजी, पब्लिक
हेल्थ र नर्सिङ विषयमा उच्च शिक्षा हासिल गर्न सकिन्छ ।
विश्वविद्यालयको वेबसाइटमा उल्लेख भएअनुसार निकट भविश्यमै फार्मेसी, पब्लिक हेल्थ, मेडिकल ल्याबरोटरी टेक्नोलोजीमा स्नातकोत्तर कार्यक्रम पनि संचालन हुनेछ । स्कुल अफ बिजनेसअन्तर्गत ब्याचलर अफ बिजनेस एडमिनेस्ट्रेसन -बीबीए), ब्याचलर अफ विजनेस एडमिनेस्ट्रेसन इन बैंकिङ एन्ड इन्स्युरेन्स -बीबीए बीआई) र मास्टर इन विजनेस एडमिनेस्ट्रेसन कार्यक्रम सञ्चालनमा छन् । स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङमा मास्टर इन पपुलेसन, जेन्डर एन्ड डेभलपमेन्ट कार्यक्रम सञ्चालनमा छ भने चाँडै नै स्नातक तहमा डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङ कार्यक्रम सञ्चालन हुनेछ ।
सेमेस्टर प्रणालीमा रहेर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको यो विश्वविद्यालयको परीक्षा-प्रणाली अन्तर्राष्ट्रिय ट्रेन्डअनुरूप ग्रेडिङ सिस्टममा आधारित छ । विश्वविद्यालयले आङ्गकि क्याम्पसमा १० प्रतिशत र सम्बन्धनप्राप्त कलेजमा ५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विश्वविद्यालयले देश-विदेशका अन्य विश्वविद्यालयहरूसँग पनि शैक्षिक कार्यक्रम आदान-प्रदानका निम्ति सम्झौता गर्दै आएको छ, जसले शैक्षिक स्तरीयता विकासका निम्ति अन्तराष्ट्रिय ट्रेन्डका बारेमा विश्वविद्यालयलाई 'अपडेट' राख्ने गरेको विश्वविद्यालयले बताएको छ । यस प्रकारको सम्बन्ध भारत, अमेरिका, बंगलादेश, जापान तथा कोरियाका विभिन्न विश्वविद्यालयहरूसँग गाँसिएको छ ।










0 comments:
Post a Comment