खोटाङ, श्रावण ६ - गाडीमा भन्दा हवाइजहाज यात्रा सस्तो पर्छ भन्दा अनौठो लाग्ला । खोटाङमा  भने यस्तै भएको छ । राजधानी, क्षेत्रीय वा अञ्चल कार्यालय जानुपर्यो भने हवाईयात्रा नै रोज्नुपर्ने अवस्था छ । खोटाङका तीन विमानस्थलमध्ये लामीडाँडाबाट काठमाडौं पुग्न नेपाल वायु सेवा निगमको जहाजमा २ हजार २ सय र सीता एअरमा २ हजार ३ सय रुपैयाँ लाग्छ । दुवै जहाजबाट ३० मिनेटमा काठमाडौं पुगिन्छ । विराटनगरचाहिँ १४ सय ९५ तिरेपछि २५ मिनेटमा पुगिन्छ ।     
अर्को थामखर्क विमानस्थलबाट विराटनगरलाई १ हजार ३ सय २५ र काठमाडौंलाई २ हजार ३ सय ६५ रुपैयाँ भाडा लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका स्टेसन म्यानेजर नरेन्द्र उदासले बताए । मनमाया राई विमानस्थलमा भने टावर कर्मचारी नआउँदा उडान रोकिएको छ । काठमाडौंबाट आउँदा भने ब्ल्याकमा टिकट किन्नुपर्ने बाध्यता छ । काठमाडांैबाट आउँदा ४ देखि ६ हजारसम्म तिर्नुपर्छ ।
खोटाङबाट बसयात्राबाट काठमाडौं जानुपर्दा ४ हजारजति लाग्छ । त्यसबाहेक बाटो खर्च र तीन दिन लाग्छ । यातायात व्यवसायी संघका अध्यक्ष गोपी उदासका अनुसार दिक्तेल-भोजपुर ६ सय, भोजपुर-लेगुवा ६ सय, लेगुवा-धरान दुई सय ५० र धरान-काठमाडौं ७ सय र अन्य खर्च गरी काठमाडौं पुग्दा ४ हजारभन्दा बढी खर्च हुन्छ ।
दिक्तेलदेखि तीन सय किलोमिटर छिचोलेर विराटनगर पुग्दा जहाजको तुलनामा कम खर्च लाग्छ । जहाजमा लाग्नेभन्दा करिब हजार रुपैयाँ बढी खर्च लाग्छ । 'धनकुटा र सप्तरी जान पनि त्यसै अनुपातमा खर्च र समय लाग्ने भएकाले जहाजै सस्तो हुन्छ,' प्रमुख जिल्ला अधिका केशवराज आचार्यले भने । दिक्तेल-जयराम-घुर्मी-कटा हुँदै विराटनगर वा अन्य कुनै ठाउँ जानुपरे उही अनुपातमा गाडी भाडा र समय लाग्ने भएकाले खोटाङवासी प्रायः हवाईयात्रा रुचाउँछन् ।

0 comments:
Post a Comment