Translate

Tuesday

एक्सन मनपर्छ तर, हिसालाई घृणा गर्छु- हलिउड अभिनेता ज्याकी च्याङ





jackie_chan1_400तपाईं कराँते किडमा भिन्न भूमिकामा देखिनुभएको थियो नि जहाँ हामीले तपाईंको भूमिका कुङ्फु कौशल सिकाउने प्रशिक्षकका रुपमा पाएका थियौं ?
म आफ्नो करियरमा एक्सन स्टार भएर मात्र चिनिन चाहँन्न । म एउटा यस्तो एक्टर बन्न चाहन्छु जो द्धन्द्धकला र अभिनय दुवै गर्न जान्दछ । त्यही भएर मैले यो फिल्ममा एक्सन भन्दा पनि एक्टिङ गरेको छु । म चीनको रोवर्ट डि नायरोजस्तो अभिनयकर्ता बन्न चाहन्छु । अर्को चलचित्रमा म इन्डियाना जोन्सको स्टाइलमा अभिनय गर्दैछु जसमा धेरै रोमान्चक एक्सनहरु हुनेछन् । मैले यस्तो सोच धेरै अगाडि देखि गर्दै आएको छु । मलाई थाहा छ कस्तो फिल्म कस्ता दर्शकले मन पार्छन् भनेर । जब मैले 'रस आवर' गरें मलाई थाहा थियो त्यो कस्तो किसिमको एक्सन थियो भनेर । तर बाल चलचित्रमा भिन्न एक्सन चाहिन्छ र मलाई विश्वास छ मैले त्यो कुरा राम्रोसँग बुझेको छु ।

तपाईंले एक्सन कमेडी र स्टन्ट धेरै समय अघिदेखि गर्दै आउनुभएको छ ?
हो सत्तरी र असीको दशकदेखि गर्दै आएको छु ।

तपाईंलाई के लाग्छ अहिले पनि त्यस्तै कुराको माग छ ?
मलाई एक्सन कमेडी मनपर्छ । मलाई एक्सन मनपर्छ तर म िहंसालाई घृणा गर्छु । सायद म मास्रल आर्टस्को विद्यार्थी भएकाले होला । मलाई मानिसको मुहारमा मुस्कान ल्याउन मनपर्छ ।

तपाईंलाई के लाग्छ तपाईंका दर्शकहरु अझ तपाईंको एक्सन-कमेडी हेर्न रुचाउँछन् ?
मलाई लाग्दैन कि दर्शकहरु मलाई समुन्द्र तटमा कुदेको, लभसिन गरेको हेर्न चाहन्छन् ।

तपाईंलाई दर्शकहरु विशेष गरि एसियन दर्शकहरु सिनेमा हेर्ने कुरामा बदलिएको लाग्छ ?
मलाई लाग्छ कि एसियन दर्शकहरु अझै पश्चिमीकरण हुँदैछन् । अमेरिकी सिनेमाको प्रभाव स्पष्ट देख्न सकिन्छ । त्यो मात्र नभएर इन्टरनेट टिभी र् याप गीत पनि प्रमुख कारण हुन् । जब तपाईं बाटोमा िहंड्नुहुन्छ तपाइर्ले युवापुस्ताको कानमा अमेरिकन गीतको धुन सुन्न सक्नुहुन्छ । सबैजना अमेरिकी संस्कृति सिक्दैछन् ।

तपाइर्लाई के लाग्छ यो राम्रँ हो कि नराम्रो ?
यो राम्रँ कुरा हो तर एकपक्षीय मात्र भएर हुनुभएन । हरेक पक्षँबाट हुनुपर् यो । यदि तपाइ यस्तो खालको पहिरन लगाउनुहुन्छ भने म तपाईंलाई नेपाली भारतीय चिनियाँ कम्बोडियन जापानी हो कि होइन भनेर चिन्न सक्दिँन । म आफ्नो संस्कृतिलाई प्रवद्र्धन गर्छु । मेरो जिन्समा पनि तपाइर्ले चिनियाँ पि्रन्ट देख्न सक्नुहुन्छ ।

jackyin1हङकङ चलचित्र उद्योग के भयो  के यसको अस्तित्व हराएको हो ?
हामीसँग अहिले हङकङ चलचित्र उद्योग छैन । हामी यसलाई चिनियाँ चलचित्र उद्योग भन्छौं ।


के चिनियाँ सरकारबाट सिनेमा उद्योगलाई सहयोग पुगिरहेको छ ?
छ । तर चिन धेरै ठूलो देश हो । चिनियाँ सरकार पाइरेसीको विरोधमा छ । तर काम प्रभावकारी ढंगले हुन सकिरहेकेा छैन । हङकङमा अझ पनि पाइरेसी हुन्छ र मलाई साह्रै दुःख लाग्छ । मैले सरकारसँग कुरा गरिरहेको छु र उनीहरुले फिल्मी क्षेत्रलाई सहयोग गरिरहेका छन् । तपाईंलाई थाहा नै छ प्रणालीमा धेरै खराब मान्छे हुन्छन् । जब म मानिससँग गर्नलाई केही हुँदैन तब उनीहरु पाइरेसी गर्न थाल्छन् । सायद मसँग पनि केही नभएको भए म पनि पाइरेट ब्यापारी हुन्थें । तर म आज ज्याकी च्याङ छु र यसको विरुद्धमा उभिएको छु । यो एक भ्रम मात्र हो । तिनीहरु पनि बाँच्न चाहन्छन् र हामीहरु पनि । यो पनि एक किसिमको युद्ध हो ।

एउटा एक्टर पर्दामा रोमान्टिक र पर्दाबाहिर गम्भिर देखिन्छ । तपाईं पनि त्यस्तै हो ?
किनकी पर्दाबाहिरको कुरा गर्दा ममा धेरै जिम्मेवारी छ । म धेरै कल्याणकारी कार्यमा सकि्रय छ । विश्वका विभिन्न देशहरु भ्रमण गरेर विभिन्न किसिमका सहयोग गरिरहेको छु । किनकी म जतिबेला युवक थिएँ विश्वभरका मानिसहरु हामीलाई सहयोग गर्न हङकङ आएको देखेको थिएँ । त्यतिबेला मलाई अमेरिकी रेडक्रसले सहयोग गरेको थियो । जतिबेला म टिभी हेर्छु विभिन्न खालका मान्छे चीन र चिनियाँ बासिन्दालाई सहयोग गर्न आइरहेको देख्छु । र आज म ठूलो भएको छु ममा जिम्मेवारी थपिएको छु । देशलाई नेतृत्व गर्न नसकेपछि म आफैलाई नेतृत्व गरिरहेको छु । विश्व भ्रमण गरि समाजलाई सहयोग गर्न पाउँदा मलाई धेरै खुशी लाग्छ ।


अफविट फिल्ममा वास्तविकता हुन्छ- अभिनय, भिजे, एंकर, मोडल, बिजनेस माल्भिका सुब्बा
विष्णु शर्मा, ६ साउन २०६७
malvikain1_400माल्भिका सुब्बा नेपाली युवापुस्ताकी सशक्त हस्ताक्षर हुनुहुन्छ । कला र सौन्दर्यका सबै परिधिमा उहाँ समेटिनुभएको छ । आठवर्षअघि मिस नेपाल टाइटल जितेपछि उहाँले पहिचान र प्रसिद्धिका लागि कहिल्यै पछि फर्केर हेर्नुपरेन । त्यसयता भिजे, एंकर, मोडल, बिजनेस हुँदै वर्तमानमा फिल्मी बिन्दुमा आइपुग्नुभएको छ उहाँ । 'गड लिभ्ज इन दि हिमालयज' र 'गुडबाइ काठमाण्डू'मा पनि अभिनय गरिसक्नुभएको छ उहाँले । यसको अर्थमा माल्भिकालाई बहुआयामिक व्यक्तित्वको संज्ञा दिन मिल्छ । बौद्धिकता उहाँको खास विशेषता हो । सौन्दर्य र बौद्धिकताकी दोभान माल्भिका अहिले सांगि्रला हाउजिङमा कार्यरत हुनुहुन्छ । उत्तराद्र्धमा अभिनयलाई आत्मसात गर्नुभएकी अविवाहित माल्भिकाबारे हामीले नेपाली सिनेमा दृष्टिकोण र अन्तर्मन संवाद गरेका थियौं ।


'गुडबाइ काठमाण्डू' कस्तो विशेषताका चलचित्र हो र यसमा तपाईंको भूमिका कस्तो छ ?
यो तीन परिवारको कहानी हो । आर्यन, नेवार र गुरुङ जातिको कथामा फिल्म आधारित छ । जहाँ मैले आर्यन जातिको युवतीको भूमिका खेलेकी छु । माओबादीको दशक लामो सशष्त्र विद्रोह र पूर्वराजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नै हातमा लिने राजनीतिक परिघटना र त्यसले युवादेखि वृद्धवृद्धासम्म पारेको प्रभावबारे फिल्म बोलेको छ । फिल्ममा म एक गैरसरकारी संस्थाकी कार्यकर्ता, महिला अधिकारवादी र गायिकाको रुपमा देखिएकी छु । यति बलियो पात्र की जसले पीडामा परेको व्यक्तिलाई सहयोग गर्छ ।

सौन्दर्य क्षेत्रमा लागिपरेको व्यक्तिले अचानक सिनेक्षेत्रलाई आत्मसात गर्नुभयो नि ?
मलाई त्यस्तो लाग्दैन । म फिल्ममा लागेको छैन । अहिलेसम्म फिल्ममा लागेको भए दसपन्ध्रवटामा अभिनय गरिसक्थें । म मिस नेपाल भएको आठवर्ष भयो । यति लामो वर्षपछि आर्टस् मूभिमा लागें । यसलाई व्यवसायिक फिल्म भन्न मिल्दैन । मैले जे गरें त्यो साइड जब् मात्र हो । मैले अभिनय गरेका दुई चलचित्रलाई तपाईंले कला चलचित्रका रुपमा बुझ्नुस । फिल्मपनि कलाकै अर्को रुप हो । अर्को कुरा तपाईंले मिस नेपाललाई जसरी बुझ्नुभएको छ त्यस्तो होइन मिस नेपाल टाइटल हो करियर होइन ।

तपाईं किन कथित 'व्यवसायिक' फिल्महरुमा खेल्नुहुन्न ?
किनभने यस्ता फिल्ममा 'व्यवसायिकता' छैन । ती फिल्म खेल्न रुचि पनि लाग्दैन । नवीन सुब्बाले स्क्रिप्ट देखाउनुभयो एप्रोच गर्नुभयो राम्रो लागेपछि मात्र 'गुडबाइ काठमाण्डू' खेलेकी हुँ । अहिलेसम्म झन्डै १५२० वटा कमसर्ियल फिल्मका लागि अफर आइसक्यो । उहाँहरुको स्क्रिप्ट राम्रो छैन । कथाको प्रस्तुतीकरण पनि ठीक लाग्दैन । अहिले मोफसलमा बनिरहेका फिल्महरु पनि अस्वीकार गरिसकें । चाहेको भए ती फिल्मलाई निरन्तरता दिन सक्थें ।

तपाईंले अभिनय गरिसकेका दुवैवटा फिल्म अलगधारका हुन् । अफबिट फिल्मप्रतिको लगाव र रुचि किन ? 
अफविट फिल्ममा वास्तविकता हुन्छ । जहाँ कृत्रिमता पोतिएको हुँदैन । व्यवसायिकताजस्तो कृत्रिमताको कुनै गुन्जायस हुँदैन अफविटमा । 'गुडबाइ काठमाण्डू' यस्तै प्रकृति र विशेषताको अफबिट फिल्म हो । जहाँ आत्मनिर्भर, सशक्त र स्वतन्त्र महिलाको भूमिकामा म छु । लुगा लगाउनेदेखि कपाल कोर्दासम्म सबै सोचेर गरेका छौं । तर कमसर्ियल फिल्मका निर्माताहरु स्क्रिप्ट ल्याउनुहुन्छ यो पात्रको भूमिका के हो ?किन यसले यस्तो संवाद बोल्छ भनेर सोध्दा स्वयम उहाँहरुले भन्न सक्नुहुन्न । ती फिल्ममा स्क्रिप्ट राइटरको कुनै आइडिया नै छैन । 'गुडबाइ काठमाण्डू'मा हामीले पात्रको अभिनय गर्दा त्यको सबैपक्ष अध्ययन गरेर मात्र खेलेका थियौं । हामीले प्रत्येक दृश्यको विश्लेषण गथ्यौर् । म यसलाई सोचाइ प्रकि्रयामा आधारित सिनेमा भन्न रुचाउँछु । जसले हामीलाई ड्राइभ गर्छ । त्यसकारण मलाई अफबिट फिल्म मनपर्छ ।

mal4_400_01कस्तो लाग्छ नेपाली चलचित्र र कस्तो हुनुपर्छ ?
अहिले दक्ष र ऊर्जावान युवा निर्देशकहरुले नेपाली फिल्ममा काम गर्नुभएको छ । अबको ५१० वर्षभित्रमा नेपाली फिल्मले कोल्टे फेर्छ जस्तो लाग्छ मलाई । धेरै युवाहरु यसमा संलग्न हुन थाल्नुभएको छ । फिल्म मेकिङ पढ्नुभएको छ । भारत पुगेर सहायक निर्देशक भएर काम गरेको अनुभवमा नेपाली सिनेमा बनिरहेका छन् अहिले । अहिलेका पुस्ताले नेपाली फिल्म हेर्दै हेर्दैन भनेपनि हुन्छ । मैले पनि 'सानो संसार' र 'मिसन पैसा'पछि नेपाली फिल्म हेरेकै छैन । हेर्नलाई इच्छुक पनि छन् । नेपाली फिल्मको वर्तमान अवस्थाको सुधारका लागि प्राविधिक रुपमा दक्ष जनशक्ति र निर्माण स्तरमा अपग्रेडिङ हुनु आवश्यक छ । मैले के अनुभव गरें भने व्यवस्थापन टीम एकदम राम्रँ हुनुपर्दो रहेछ । सबैजनामा व्यवसायिकताको भावना र ट्युन हुनुपर्यो । तालमेल हुनुपर्यो । यद्यपी नम्रता श्रेष्ठ र निशा अधिकारीबाट मैले आशा गरेकी छु ।

युवाको मनोविज्ञान आत्मसात गर्ने चलचित्रहरु कस्ता हुनुपर्छ ?
युवाका लागि सामाजिक चलचित्र बन्नुपर्छ । जसले केही न केही जागरण पैदा गरोस् । मान्छेले आफ्नो जिन्दगीबाट तीनघण्टा निकालेर फिल्म हेर्छ । यो समयबाट उसले केही बुझोस । रमाइलो गरोस । यसो भन्नुको अर्थ व्यवसायिक, अलगधार र नाचगानजस्ता सबै प्रकृतिका फिल्महरु बनाउनुपर्छ भन्ने हो । समग्रमा फिल्ममा सन्देश हुनुपर्छ । सन्देश महत्वपूर्ण हो । जस्तै बलिउड चलचित्रहरु रङ दे बसन्ती, थ्री इडियट्स, पेज थ्री, लाइफ इन द मेट्रोले युवाको मनोविज्ञानलाई आत्मसात गरेका छन् । यस्ता केही नेपाली चलचित्र पनि आउँदै छन् । किनभने हाम्रा निर्मातानिर्देशकले चलचित्र निर्माणको परम्परागत मानसिकता परिवर्तन गर्नुपर्छ । किनभने दर्शकहरु एड्भान्स भैसके । नयाँ पुस्ताका शैलीहरुको फिल्म बनाउनुपर्छ ।

करियलाई कुन रुपमा गति िदंदै हुनुहुन्छ ?
बिजनेस गर्ने सोच राखेकी छु । तर अहिलेको वित्तिय स्थितीमा बिजनेस गर्नु मुर्खता हो । त्यो बाहेकका अरु पक्षहरु सँगै अगाडि बढाउँछु होला । खै हेरुँ ? यद्यपी आठवर्षको करियरले ममा आत्मविश्वास बढाएको छ । मान्छेहरु त्यसमा पनि युवतीहरु मलाई आइडल र प्रेरणादायी व्यक्तिको रुपमा लिएका छन् । यसले मेरो आत्मविश्वासको अग्लाइलाई ऊँचो तुल्याएको छ ।

बेली डान्स सिक्दै कट्रिना

मुम्बई (एजेन्सी), श्रावण १२ - फिल्म 'राजनीति' बक्सअफिसमा सफल भएपछि नायिका कट्रिना कैफको सुन्दरताको मात्र नभई अभिनयकौ पनि चारैतिरबाट प्रशंसा गरियो ।
'ग्ल्यामर रोलमा मात्र सुहाउने नायिका' को ट्याग पाएकी कटि्रनालाई उक्त फिल्ममा
गरेको बेजोड अभिनयपछि त्यसबाट बल्लतल्ल छुट्कारा मिलेको छ । नृत्यमा रुचि राख्ने नायिका फिल्ममा खुट्टा हल्लाउन र कम्मर मर्काउन नपाएको धेरै समय बितेपछि सेटमा नृत्य 'मिस' गरिरहेकी छन् ।
हृतिक रोशनसँग 'जिन्दगी मिलेगी ना दुबारा'को छायांकनक्रममा स्पेन पुगेकी कटि्रनाले उक्त फिल्ममा त्यति नाच्ने मौका पाउने छैनन् । न त उनका पछिल्ला फिल्म 'अजब प्रेमकी गजब कहानी' र 'राजनीति' मा नै उनले नाच्न पाएकी थिइन् । त्यसैले त उनी फराह खानको पछिल्लो फिल्म 'तीस मार खान' को छायांकनमा जान उनी हतारिएकी छन् ।
'मलाई विभिन्न स्टाइलका नृत्य गर्न मन पर्छ,' कटि्रनाले आफ्नो नृत्यप्रेमबारे दर्शाइन्, 'फराहसँग फिल्ममा नयाँ स्टाइलको नृत्य गर्न इच्छुक छु ।' कोरियोग्राफरबाट निर्देशक बनेकी फराहको तेस्रो फिल्म 'तीस मार खान'मा कटि्रनाले फेरि नायक अक्षय कुमारसँग रोमान्स गर्दै छिन् ।
मोडलिङबाट अभिनयमा छिरेकी २६ वषर्ीया कटि्रनालाई फिल्ममा फराहले बेली डान्स गराउनेछिन् । पहिलोपटक पर्दामा बेली डान्स गर्न लागेकी नायिकाले 'शिलाकी जवानी...' बोलको गीतमा बेलेरिना बन्नेछिन् । 'नृत्यप्रति धेरै रुचि राख्ने भएकीले दर्शकलाई कटि्रनाको नृत्यकला देखाउन बेली डान्स गराउँदै छु,' निर्देशक फराहले भनिन् ।


0 comments:

Post a Comment