संसारकै घिनलाग्दो, अनुहार नपरेको र नराम्रो कुकुरका रुपमा दर्ता भएको चिनियाँ जातको एउटा कुकुरको असामयिक निधन भएपछि संसारभरका उसका फ्यानहरुले उसको मृत्युमा समवेदना प्रकट गरेका छन् । हालै गरिएको एउटा र्सर्भेमा सबैभन्दा कुरुप कुकुरका रुपमा नाम कमाएको यो कुकुरको १७ वर्षो उमेरमा मृत्यु भएको छ ।

अमेरिकाको टेनेसीस्थित आफ्नै घरमा यसको मृत्यु भएको हो । यसको ज्रि्रो हरबखत बाहिर निस्किरहने भएको हुनाले र त्यसको मुखबाट र्याल चुहिरहने भएका कारण पनि यसलाई घिनलाग्दो कुकुरका रुपमा चित्रण गरिने गरिन्थ्यो । पछिल्लो समयमा यो कुकुर अन्धोसमेत भए पनि नीलो आँखा भएको यो कुकुरले एनिमल प्लानेट नामक च्यानलले आयोजन गरेको कुरुप कुकुरको प्रतियोगितामा अघिल्लो वर्षउत्कृष्ट पुरस्कार हात पारेको थियो ।
डन गोएरिङले यसलाई ७ वर्षो उमेरमा घर ल्याएका थिए । एली नाम राखिएको यो कुकुरको नराम्रोपनकै कारण सेलिब्रिटी हुन पाएको समाचारमा जनाइएको छ । एनिमल प्लानेटको डग १०१ मा देखिएयता यसले विभिन्न विज्ञापन र टीभी कार्यक्रममा अनुहार देखाउने मौका पाएको थियो ।
यसलाई कुकुर भन्नु मात्र छ, हालै गरिएको एउटा समाजसेवाका लागि पैसा कार्यक्रममा भाग लिँदा यसैका बलले ७० हजार पाउण्डभन्दा बढी पैसा उठेको थियो ।
अहिले यसकी मालिक्नी कुकुरको मृत्युबाट विलखबन्दमा परेकी भए पनि जनावरप्रेम नछुटेका कारण जनावरहरुलाई पाल्ने ठूलो गोठ बनाउने तयारीमा लागेकी छिन् । "मेरी एलीको सम्झनामा म यो काम नगरी मर्नेवाला छुइनँ", गोएरिङले भनिन् ।










0 comments:
Post a Comment