के तपाईं आकर्षक महिलासित लामो समयसम्म बस्न चाहनुहुन्छ ? त्यसो हो भने ख्याल गर्नुहोस् । 'एउटा तातो ड्रमभित्र ५ मिनेट समय बिताउनुभयो भने तपाईंलाई एक घन्टाजस्तो लाग्न सक्छ, तर एउटा आकर्षक महिलासँग बसेको एक घन्टा पनि ५ मिनेट मात्रै लाग्न सक्छ,' वैज्ञानिक आइन्स्टाइनले 'सापेक्षतावाद'को सिद्धान्त बुझाउन यस्तो उदाहरण दिएका थिए । तर, अहिले एउटा अनुसन्धानले आकर्षक महिलासँग रहँदा समय बितेको पत्तै नभए पनि स्वास्थ्यमा असर पर्ने तथ्य सार्वजनिक गरेको छ ।
भ्यालेन्सिया विश्वविद्यालयले हालै गरेको अध्ययनले आकर्षक महिलासँग एक्लै पाँच मिनेट बस्यो भने मात्रै पनि पुरुषमा कोलस्ट्रोलको स्तर बढ्ने र शरीरको हार्मोनमा दबाब पर्नेे देखाएको छ । अनुसन्धानअनुसार, आफूसँग निकट भएको महिला भए, त्यसको प्रभाव अझै बढी हुने गरेको छ । कोलस्ट्रोल शरीरमा हुने भौतिक वा मनोवैज्ञानिक दबाबका कारण उत्पन्न हुने गर्छ । यसको सम्बन्घ हृदयरोगसँग हुन्छ । त्यसकारण लामो समयसम्म आकर्षक युवतीसँग बस्ने पुरुषमा हृदयरोग लाग्न सक्ने अध्ययनले देखाएको छ ।
अनुसन्धानकर्ताले ८४ जना पुरुष विद्यार्थीलाई कोठामा एक्लै बसेर 'सुडुको' समाधान गर्न दिएका थिए । त्यो कोठामा एकजना पुरुष तथा अर्की महिलासमेत राखिएको थियो । ती महिला कोठाबाट बाहिर निस्केपछि अनुसन्धानमा संलग्न भएका पुरुषमा कुनै प्रकारको तनाब बढेको देखिएन । तर, विद्यार्थीलाई अपरिचित महिलासँग छाड्दा भने उनीहरूमा कोलस्ट्रोलको स्तर बढेको थियो ।
त्यसपछि अनुसन्धानकर्ताको निष्कर्ष थियो, 'आकर्षक महिलाको उपस्थिति हुँदा सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा धेरै पुरुषले लिने गरेको भेट्यौँ ।' केहिले मात्रै आकर्षक महिलालाई 'उससँग सम्बद्ध होइन' भनेर तिरस्कार गर्ने गरेको अध्ययनले देखाएको छ । अनुसन्धानको निष्कर्षमा भनिएको छ, 'पुरुषको शरीरमा कोलस्ट्रोलको मात्र पाँच मिनेट मात्रै आकर्षक युवतीसँग बस्दा पनि बढ्ने गरेको छ ।'










0 comments:
Post a Comment