Translate

Friday

म बन्छु निरुताको हिरो

Samyam puri‘आगो’,‘दोमन’,‘कर्तब्य’,‘फेरी अर्को साईनो’,‘हामी तिन भाई’ लगायतका थुप्रै नेपाली सिनेमाहरुमा बालकलाकारको रुपमा काम गरेर हाल सुरज सुब्बा ‘नाल्बो’ निर्देशित ‘सायद’बाट हिरोको रुपमा पदार्पण हुन लागेका सँयम पुरी आफुलाई नायिका निरुता सिँहको हिरो भएर सिनेमा खेल्न मन लागेको बताउँछन् ।
‘थुप्रै सिनेमाहरुमा उँहाको छोराको भुमिकामा काम गरियो, अब उँहाको हिरो बन्छु’,सँयम भनछन्,‘त्यसो त निरुता आन्टीलाई पनि मेरो हिरोईन भएर काम गर्न मन छ रे’। सायदमा नायक दिलिप रायमाझीकी साली नवनायिका अनिता दाहाललाई आफ्नो हिरोईनका रुपमा पाएका सँयमले यस सिनेमा भित्र एकोहोरो माया गर्ने प्रेमीको भुमिका निभाएका छन् ।

सायद भित्र नायिका र आफुबिच त्यति धेरै सिने दृश्य नभएको बताउने सँयम कक्षा १२ को पढाई सिध्याएर बसेका छन् । स्मरण रहोस्, सँयम चलचित्र निर्देशक नारायण पुरीका सुपुत्र पनि हुन् ।
अब हेर्न बाकीँ छ, ‘यि नयाँ हिरोले निरुतालाई आफ्नो हिरोईन बनाउन सक्छन् कि सक्दैनन्’ ।


mero cinema

0 comments:

Post a Comment