Translate

Friday

यौनबारेमा पुरुषभन्दा महिला धेरै जानकार

image


पुरुषले आफूलाई यौन सम्बन्धका बारेमा निकै जानिफकार ठान्ने गरे पनि हालै अमेरिकामा गरिएको एउटा सर्वेक्षणले यौनबारेमा पुरुषभन्दा महिला निकै जानकार रहने गरेको देखाएको छ ।
एसोसिएटेड प्रेस र लाइफगोजस्ट्राग वेबसाइटले गरेको सर्वेक्षण नतिजाअनुसार ५९ प्रतिशत महिला यस्ता छन्, जसलाई यौनबारेमा थाहा नभएका कुनै कुरा छैनन् । तर, यस मामलामा ४८ प्रतिशत पुरुषमा मात्र आत्मविश्वास पाएको छ ।
इन्डियाना विश्वविद्यालयका शोधकर्ता डेबी हेरबेनिकका अनुसार महिला यौनबारेमा आफ्ना साथीसँग पुरुषले भन्दा धेरै कुरा गर्ने गर्छन् । उनीहरू मनोवैज्ञानिक तथा डाक्टरसँग यौनबारेमा सल्लाह लिन पनि हिच्किचाउँदैनन् । महिला यौनबारेमा बढीभन्दा बढी कुरा थाहा पाउन किताब तथा फिल्मको समेत सहारा लिने गर्छन् । जसकारण पुरुषभन्दा महिला यौनबारेमा बढी जानकार हुने गरेको देखिएको छ ।

naya patrika

0 comments:

Post a Comment