Translate

Saturday

झलनाथको जीत, भारतको हार: टाइम्स् अफ इण्डिया


हिजो भएको प्रधानमन्त्रीको चुनावको अन्तिम समयमा माओवादीको नाटकिय तर अपेक्षाकृत बाम फन्कोले झलनाथ खनाल नेपालका नयाँ प्रधानमन्त्री बन्न सफल भए । कटवाल प्रकरणमा झलनाथ खनालबाट पाएको धोकाको कारण प्रधानमन्त्रीबाट राजीनामा दिन वाध्य भएका प्रचण्डले उक्त धोकाको वदला उनको भाषामा ‘त्याग’ गर्न पुगे । यद्यपी उनले गरॆको भनिएको ‘त्याग’ वाध्यात्मक स्थितीमा गरिएको समर्थन थियो । आफ्ना सभासद र पार्टीमा बाबुराम भट्टराई लगायतका नेताहरुको विरोधका वावजुद माओवादीले चालेको उक्त कदमलाई जायज ठहराउन प्रचण्डले ‘विदेशी (भारतीय) हस्तक्षेप रोक्न’ झलनाथलाई समर्थन गर्न परेको बताई रहँदा टाइम्स अफ इण्डियाले पनि उस्तै आशयमा समाचार छापेको छ । भारतीय संस्थापन पक्षसँग निकट मानिने टाइम्स अफ इण्डियाको फेब्रुबरी ३ को अनलाइन संस्करणमा लेखिएको छ । ‘यो चुनावमा हार्ने दुई प्रतिस्पर्धीको भन्दा ठुलो हार भारतको भएको छ ।’ प्रचण्डले प्रधानमन्त्रीको पदबाट राजीनामा दिंदा भनेका ‘हामी छिमेकीहरुसँग सौहार्द सम्बन्ध राख्न चाहन्छौ, तर हस्तक्षेप स्वीकार गर्न सक्दैनौं” भन्ने भनाईलाई उधृत गदै पत्रिका अगाडी लेख्छ । ‘चुनावमा कम्युनिष्टहरुको यस्तो अवसरवादी गठवन्धन बन्ला भनेर विदेश सचिव निरुपमा रावको हालसालै भएको नेपाल भ्रमणको बेला सोचिएको पनि थिएन ।’ चुनौतीको विचमा प्रधानमन्त्री बनेको झलनाथको भावी दिन सहज नहुने अनुमान गर्दै पत्रिका अगाडी लेख्दछ, झलनाथको विजयले सात महिना लामो राजनैतिक अन्यौललाई अन्त्य गरेपनि उनको बाटो ‘कुनैपनि हिसाबले गुलाव विछ्एको’ जस्तो सहज छैन् ।’ ‘त्यसमाथि पनि मधेशका नेता बिजय कुमार गच्छेदारलाई गरिएको यस गठबन्धनले गरेको अपेक्षाको कारण उनीहरु आगो भएका छन् ।’ ‘र जेष्ठ १४ सम्ममा संविधान नवनेको खण्डमा तराई र पहाडमा आन्दोलनको आगो वाल्ने चेतावनी उक्त दलका सभासदहरुले दिइसकेका छन् ।’ पत्रिकामा लेखिएको छ । पत्रिका थप्छ ‘यदि नेपाली काँग्रेसले पनि सरकारमा नजाने निर्णय गरेको खण्डमा आगामी चार महिना ताजा मुठभेड को हुन सक्नेछ ।’

By उत्तमबाबु श्रेष्ठ, 

0 comments:

Post a Comment