औषधि एक, फाइदा अनेक     

डाक्टरः मेरो औषधिले केही फाइदा भयो ?
विरामीः धेरै फाइदा भयो । एक पटक खाँदै मेरो खोकी ठिक भयो । दल्दा गर्दन दुखाई हराइरह्यो । र, जति बचेको थियो त्यसले घरका पित्तलका भाँडाको दाग गयो ।
२. चोरको मेहनत
घरमा चोर पस्यो । घरकी मालिक्नीको निद्रा खुल्यो । चोरले उनलाई हिर्काउन लौरो उचाल्यो तब घर मालिक्नीले भनिन्-मलाई नहिर्काउ । तिमी जे चाहन्छौ लैजाउ ।
चोरले भन्यो-यस्तो हुन सक्दैन । कुटाई त खानैपर्छ ।
घर मालिक्नी : किन ?
चोरः किनभने हामी मेहनतको खाना मात्र खान्छौ ।
३. कहिल्यै झगडा भएन
विवाहको ५०औं वर्षगाँडमा कुनै पाहुनाले भन्यो-हेरिरहेछु, तपाई श्रीमान/श्रीमति निकै खुसी हुनुहुन्छ । के कुनै दिन तपाईहरु दुई बीच झगडा भएको छ ? कहिल्यै घर छोड्ने सोचाई आयो ?
श्रीमान श्रीमतिः ‘कयौ पटक यस्तो सोचाई आयो तर वर्षौ पहिला हामी दुईबीच एउटा सम्झौता भएको थियो’
पाहुना-कस्तो सम्झौता ?
श्रीमान/श्रीमतिः हाम्रा ११जना बच्चा छन् । उनीहरुका २५ जना बालबच्चा छन् । हामी सधैं यो ठुलो घरमा रहन्छौ । हामी श्रीमान/श्रीमतिमा सम्झौता यो भएको थियो कि हामी दुईमध्ये जसले घर छोडेर जान चाहन्छ, उसले यो सबैलाई पनि लिएर जानुपर्नेछ ।
४. के तपाई नेता हो ?
जेलमा दुई कैदीबीचको कुराकानीः
पहिलोः तिमी यहाँ किन आयौं ?
दोस्रोः कसैसँग झगडा भएको थियो त्यसैले । अनि तिमी नि ?
पहिलोः मैले मानिसलाई धोका दिएँ, करोडौ यताउति गरे।
दोस्रो : के तपाई नेता हो ?
५. नेताको काम
जीवन -निरजसँग) के तिमी भन्न सक्छौ कि एक जना व्यक्तिले नेता बनेपछि के विशेष काम गर्दछ?
निरजः चुनावअघि उ आफ्नो हात हल्लाउछ र चुनावपछि जनताको विश्वास ।
६. एक कवि
एक जना कवि जब मञ्चमा उपस्थित भए तब स्रोतालाई अभिवादन नगरिकनै कविता पढ्न लागे । उनले न अगाडि हेरे न पछाडि नै न दायाँ न बायाँ, न तल न माथि । उनी कविता बाचन गर्दै गए …गर्दै गए ।
अन्ततः स्रोतहरुले सहन गर्न सकेनन् । एक जना स्रोतले प्याच्चै भनिहाले-के तपाई अघिल्लो जन्ममा कुनै ट्रक ड्राइभर हुनुहुन्थ्यो, जो रोक्ने नामै लिदैन ।
७. प्रेमी-प्रेमिका र बस स्टेशन
एक प्रेमी र प्रेमिका बस स्टेशनमा उभिएर आ-आफ्नो बसको प्रतिक्षा गरिरहेका थिए ।
प्रेमी-तिमी कुन नम्बरको बसमा जानु हुन्छ ?
प्रेमिका-दुई नम्बरको बसमा, अनि तपाई नि ?
प्रेमी-पाँच नम्बरको बसमा ।
निकै बेरको प्रतिक्षापछि त्यहाँ एउटा बस आयो जसको नम्बर २५ थियो ।
राहतको स्वास लिदै प्रेमीले भन्यो-भगवान धन्यवाद छ, अब कसैले पनि बसको प्रतिक्षा गर्नेपर्ने छैन । हामी एउटै बसबाट आ-आफ्नो गन्तव्य पुग्नेछौ।

0 comments:
Post a Comment