
“पहिला सुनिन्थ्यो नेताले ताली खाए रे । बिस्तारै सुनियो नेताले गाली खाए रे । अहिले आएर सुनियो नेताले थप्पड खाए रे । अब के खालान् त नेताले ?
- शिव सापकोटा / भियना, अष्ट्रिया
“यि गोरु नेतालाई अब थप्पडले हुँदैन, टाट्नामा बाँधेर घाँस हाल्नुपर्छ”
- प्रेम थापा / काठमाडौं
“मात्रै चस्मा झरेछ सर ? मलाई कत्रो आशा थियो चार चार वटै दाँत झर्छन् की भनेर”
- डिल्लीप्रसाद शर्मा / स्विजरल्याण्ड
“चप्पलले बजाउनु पर्ने गालामा हातले बजाएछन् रेग्मीले । अरू नेतालाई’नी यस्तै गरि बजाउनुपर्छ अब”
-सरिता खनाल, कपिलवस्तु
“एकदम राम्रो कामको सुरुवात भयो । देश बनाउने ठेक्का लिएका नेता सबै अबपनि नमिल्ने हो भने यस्तो थप्पड फेरीपनि हान्नुपर्ने हुन्छ, सबै सचेत बनुन्”
“ठोक्नुपर्छ यी चोरहरुलाई एक एक गनेर। अरु चोरहरुको नंवर कहिले आ उने हो अब ?”
-राजबर्सिंह थापा / क्यानडा
-देवेन्द्र कुमार श्रेष्ठ / टाँडी, चितवन
“लेख पढ्दा बहुत मजा आयो ददीजी, अझै यस्ता मान्छेहरू नेपालमा जन्मिनु पर्छ”
-सागर सुवेदी / भियना, अष्ट्रिया
“जनताका चड्कन खान अरू नेता भनाउँदाहरुको पनि पालो बाँकी नै छ,छिट्टै देख्न पाइयोस्”
- छन्त्याल कान्छा / बेलायत
“अहिलेको अवस्थामा देवी प्रसादले जे गरे गज्जब गरे । संविधान बनाउन छोडेर युरोप शयर गर्न आउने नेतालाई पनि यसरी बज्र प्रहार गर्न सक्ने पार्टीका आफ्नै कार्यकर्ता कोही न कोही जन्मने हो भने नेता बनेर जनताको करमा हालीमुहाली गर्नेहरुको चेत अझै राम्रोसँग खुल्ने थियो ।”
-शेरबहादुर छन्त्याल /बेल्जियम
“हेर अस्तिनै केपी ओली पेरिस आएको बेला हान्न पाएको भए अरू नेता त्यसै डराउँथे । अलिकति शिक्षा हुन्थ्यो । क्या छुटेछ त्यो बेला नहानेकोमा । बहुत पश्चातापले जल्दै छु म”
- जितेन्द्र मानन्धर / फ्रान्स
फेसबुकमा संसारभरीबाट नेतालाई गाली वर्षिंदो छ । झलनाथ खनाललाई चड्कन लगाउने देवीप्रसाद रेग्मीको समर्थन बढ्दो । विश्वभरीका नेपालीले इमेलबाट उत्तिकै खबर पठाएका छन् । ती हरेकको पत्रमा नेता प्रति बित्रिष्णा बाहेक केही छैन । र यस्तो वित्रिष्णा व्यक्त गर्नेहरु अबुझ कोही देखिन्न । अनपढ कोही भेटिन्न । ती सबै उच्च शिक्षा लिएका नेपालीहरू हुन् । देशको अवस्था राम्ररी बुझेका छन् । देशको कठिन परिस्थितिका बारेमा बेखवर छैनन् । नत देशलाई एकै पटकमा सिंगापुर बनाउ भन्ने सोचनै पालेका छन् । संक्रमणकालिन अवस्थाका बारेमा ती जानकार छन्, संयम छन् । यत्रो समयसम्म धैर्य गरेकै हुन् । नेताले नसक्ने केही आसा पालेका पनि छैनन् । बास, संविधान बनाउ । नयाँ संविधान बनाएर निर्वाचन गर । जसले जित्छ उसले सरकार चलाउ । अब मारकाट नगर, शान्ति कायम गरिदेउ । के यत्ति पनि जनताले आशा गर्न नपाउने ?
हुन पनि अवस्था भियनाका शिव सापकोटाले भने जस्तै हो- पहिला सुनिन्थ्यो नेताले ताली खाए भन्ने । नेताहरूले जनताको आकांक्षालाई बेवास्ता गर्दै जाँदा बिस्तारै गाली खाए । अहिले आएर थप्पड खाए । अझै हाम्रा नेताले नचेत्ने हो भने अब के खालान् त नेताले ?
हाम्रा राजनीतिक दल र नेताले जहाँ जति खेर जहिले जनता गुहारे त्यो बेला देखि नेपाली जनताले साथ दिएका छन् । २००७ सालदेखि नेपाली जनताले कहिल्यै हाम्रा दल र नेतालाई धोका दिएनन् । राणा शासनका विरुद्ध लड्नेदेखि २०३६ साल, २०४६ साल हुँदै तेस्रो जन आन्दोलनसम्म ज्यानको बाजी लगाएर साथ दिए । छाती थापे । नेताका आश्वासनलाई पत्याएर राजतन्त्रसम्म हत्याए ।
हामी नयाँ संविधान बनाउँछौं । गाँस, वास र कपासको व्यवस्था गर्छौं । बेलैमा संविधान बनाउँछौ अनि आर्थिक विकास गर्छौं । बालबालिकालाई स्कूल पढाउँछौं । बिरामीलाई औषधी मुलो दिन्छौं । घरवास नहुनेलाई छाप्रो । चुनावी घोषणापत्रमा सारा वाचा गरेर जनताका घर घर मत माग्दै गए । राजा देशको अधोगतिको मूल कारण भनेर फाल्न लगाए । तर अहिले भयो के ?
जनताले उनीहरूलाई दिएको साथको बदला भ्रष्टाचार । घूसखोरी । महँगी । अशान्ति । नारा र जुलुस । सधैँ सरकार परिवर्तन । प्रधानमन्त्रीको कुर्सीका लागि काटाकाट । म्याद थप्दा थप्दा त अब संविधाननै नबन्ने अवस्थामा धकेलेर फेरी युद्द भड्काउने अवस्थामा पुर्याए । अनि के जनताले सहन्छन् ?
कहिलेसम्म जनता यो सारा बेथिति र बिसंगती टुलु टुलु हेरेर बस्ने ? कहिले सम्म आफ्नै रगतमा नेतालाई होली खेल्न दिने ? आफ्ना दुख, पिर, पीडा र वेदनामा कहिलेसम्म पिङ खेल दिने जनताले ? त्यसैले जनताको आक्रोश संसारभरि ब्याप्त छ । खनाललाई झापड हान्ने सुनसरी भरौलका देवीप्रसाद रेग्मीलाई कार्वाहीको माग गर्दै एमालेको युवा सङ्घ र अनेरास्ववियुले जुलुस प्रदर्शन गर्ने, टायर बाल्ने गरेर जनतालाई थप सास्ती दिएको छ ।
एमाले नेताको भरिया, कारिन्दा, हलोमुनि नारिने यी खेतालाले बुझ्नु पर्छ- रेग्मीको झापड संसारभरिका नेपालीको आक्रोश हो । त्यसमा संसारभरिका नेपालीको मुठ्ठी समाहित छ । विश्वभरिका नेपालीको रिस, आवेग, कुण्ठा, जलन र देश केही बनोस् भन्ने चाहनापनि छ त्यसमा । नेताहरूले हिजोको बाचा पुरा गरुन् भन्ने चाहना व्यक्त भएको छ संसार भरीका नेपालीको त्यसमा ।
तिनले नारा जुलुस गरेर रेग्मीलाई कार्यवाही गर्दैमा हाम्रा नेता प्रतिको आम नेपालीको आक्रोश मेटिन्न । अझ बढ्ने छ । बेलैमा यो आवाजलाई आदर नगर्ने हो भने नेतालाई घर घरबाटै समातेर कुटपिट गर्न कत्ति बेर लाउँदैनन् जनताले । नेताका भरिया जस्ता भात्री संगठन र हली जस्ता तिनका कार्यकर्ताले आफ्ना नेतालाई देश र जनता प्रति जिम्मेवार बनाउन सुझाव दिनु, सचेत पार्नु मै देश, जनता र तिनको पनि भलो छ ।
होइन भने अब देशभित्र मात्रै होइन विदेशका नेपालीपनि निक्कै सचेत छन् । यीनै नेताको गलत नीतिका कारण देशको बिग्रँदो अवस्थाले थात थलो छोड्नु परेकोमा अझ आक्रोशित छन् । अब विदेशमा रहेकाले नेपालीले पनि हाम्रा नेता भेट्यो कि त्यसैगरी चड्काउने छन् । गाउँ पस्नासाथ प्रहार गर्ने छन् । टोल टोलबाट लघार्ने छन् । संसारभरि थुप्रै देवीप्रसाद प्रसाद रेग्मी जन्मिएका छन् । इटहरीका एक जना रेग्मीलाई कारवाही गरेर त्यो आक्रोश मेटिने छैन










0 comments:
Post a Comment